व्यवसायीका ‘सच्चा साथी’ बनेर उभिएका भिम
मेचीनगर । युवा व्यवसायीमाझ लोकप्रिय भिम विष्ट कुशल व्यवसायी हुन् । उनी मेची उद्योग वाणिज्य संघको भोलि हुने निर्वाचनमा कार्यसमिति सदस्य पदमा उठेका छन् । युवालाई व्यवसायमा जोडेर अघि बढ्नु पर्छ भन्ने पवित्र भावना बोकेका विष्ट धुलाबारी बजारमा हार्डवेयर पसल सञ्चालन गर्छन् ।
व्यवसायी होस् वा साथीभाई भनेपछि मरिहत्ते गर्ने विष्टले ६ वर्ष अघिबाट व्यवसायमा हात हाले । वैदेशिक रोजगारीमा कमाएको केही सम्पत्ति उनले हार्डवेयर पसलमा लगानी गरे । सुरुवाती अवस्थामै हार्डवेयर पसलमा धेरै पैसा लगानी गरेका विष्टले आफ्नो व्यवसायलाई थप विस्तार गरेका छन् भने केही स्थानीय युवालाई पसलमै रोजगारीसमेत दिएका छन् ।
पसलबाट कमाएको केही मुनाफा उनले सामाजिक क्षेत्रमा खर्चिएका छन् । व्यवसायीका पीडा बुझेका विष्टले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पनि गरेका छन् । व्यवसायीमाझ परेको विपत्तिमा उनले मलमपट्टी लगाइदिने गरेका छन् ।
व्यवसायी विष्टलाई थाह छ, व्यवसाय गर्दाका दुःख, अभाव र पीरमर्का । त्यसैले वाणिज्य संघमा उनले उपस्थिति खोजेका हुन् । वाणिज्य संघको सदस्यमा विजयी भएपछि व्यवसायीको पक्षमा काम गर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्न मेरो भूमिका सधैँ रहनेछ ।’
सदस्य पदका उम्मेदवार विष्ट आफूले जित्नेमा विश्वस्त छन् । सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिका र व्यवसायीका सच्चा साथी बनेर उभिएकाले उनको जित्ने आधार बनेको छ । विष्टले राइजिङ युथ अफ मेचीनगर अध्यक्ष तथा अन्य थुप्रै संघसंस्थाको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।
आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम...
मेचीनगर । झापाको मेचीनगर – ७ इटाभट्टामा मोटरसाइकलको...
झापा । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज...
काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको...
काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...