वाणिज्य संघमा साझा नेतृत्व चयन गरौ : सत्ता गठबन्धन
मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग वाणिज्य संघको नेतृत्व साझा बनाउनु सत्ता गठवनधनकाले आवहन गरेको छ । शनिवार सत्ता गठवनधनमा आवद्ध राजनैतिक दलको बैठकले मेची उद्योग वाणिज्य संघको साझा नेतृत्वको लागि सवै राजनैतिक दलहरुलाई आह्वान गरेको हो ।
सत्ता गठवन्धनमा आवद्ध दलहरु नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिउ स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले संघको सस्थागत बिकासका लागि आसन्न निर्वाचनमा सबै दल, बिचार समुदाय र व्यवसायीको प्रतिनिधित्वसहित साझा नेतृत्वको पक्षमा रहेको धारण समेत सार्वजनिक गरेको छ ।
नेकपा एमालका नगर अध्यक्ष राजु पोखरल, नेकपा माओवादी केन्द मेचीनगरका अध्यक्ष राजन चिमरीया, राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगरका अध्यक्ष भिम बहादुर कुवँर र जनता समाजवादी पार्टीका तर्फबाट नगर अध्यक्ष ओमप्रकाश खापुङले हस्ताक्षर गरि सत्ता गठवन्धनको साझा धारण जारि गरिएको नेकपा एमाले झापा १ का संयोजक टीका मंग्रातीले खवरमञ्चलाई बताए ।
संघको चुनावी साधारण गत माघ ६ गते सम्पन्न भएको थियो । संघको यही माघ २१ गते नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ ।

काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
