मन्त्रालय जनप्रतिनिधिको पक्षमा, मेचीनगरमा कपुर आउट दाहाल इन
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । मेचीनगरको कमान्ड सम्हाल्न पाँचथरको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका गणेश दाहाल आउने भएका हुन् ।
मेचीनगर नगरपालिका नगर कार्यापालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लगाईले प्रक्रिया पुगेका कामहरू पनि समयमा नगर्दा नगरबासीले सेवा लिनबाट बन्चित हुनुपरेको गुनासो दिनप्रतिदिन बढ्न थालेपछि उनको कार्य सम्पादन चित्त बुझ्दो नभएको भन्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको थियो । त्यसलाई सदर गर्दै मन्त्रालयले चम्लगाईको मेचीनगरबाट सरूवा गरेको छ ।
मेचीनगरको कार्यपालिकाको पुस १८ गतेको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय गरेको थियो । गत असोज १ गतेदेखि मेचीनगर आएका चम्लागाईको प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएको छ ।
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...
धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...
धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको...

