इतिहास रच्दै झापा नेशनल, सांस्कृतिक नृत्यमा जिल्ला प्रथम
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/01/IMG-20230108-WA00031.jpg)
मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)को आइतबार सम्पन्न जिल्ला स्तरिय नृत्य प्रतियोगितामा मेचीनगरको झापा नेशनल स्कूलले उपाधी हात पारेको छ ।
सांस्कृतिक नृत्य तर्फ सहभागि १४ विद्यालयलाई पछि पार्दै मेचीनगरको झापा नेशनल स्कुल प्रथम भएको हो ।
भद्रपुरको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन् जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने गरेका थिए । प्याव्सनले आयोजना गरेको जिल्ला स्तरीय प्रतियोगितामा सांस्कृतिक नृत्य तर्फ मेचीनगरबाट पहिलोपटक झापा नेशनल स्कूलले उपाधी जितेको प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालले जानकारी दिए । संस्कृतिक नृत्य तर्फ कर्णाली एजुकेशन फाउण्डेशन बुद्वशान्ति दोस्रो र सूर्याेदय इङ्लिस स्कूल दमक तेस्रो भएको आयोजकले जनाएको छ ।
विद्यालयले सोमबार विद्यालयमा एक कार्यक्रम आयोजना गरेर खुशी साटासाट गरेको छ । विद्यालयमा आयोजित कार्यक्रम पछि शिक्षक तथा विद्यार्थी उत्साहित भएर रयली समेत आयोजना गरे । विद्यालयबाट निस्किएको र्याली इटाभट्टाबाट पुन्यचोक, सिर्जनाचोक, हुँदै मदन बस्ती पुगेर पुन विद्यालयमा पुगेको थियो । जिल्लामै पहिलोपटक प्रथम उपाधी रच्न सफल भएको भन्दै विद्यालयका कोअर्डिनेटर अनुप कुमार सुवेदीले आगामी दिनमा थप उत्साहका साथ कार्यक्रममा सहभागि हुन विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए । कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई खादा र अविर लगाएर सम्मान गरिएको थियो ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...