नृत्यमा हिमालयन इंग्लिस एकाडेमी प्रथम
मेचीनगर । हिमालयन इंग्लिस एकाडेमी धुलाबारी नृत्य प्रतियोगितामा प्रथम भएको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको २४ औँ वार्षिक उत्सव कार्यक्रमद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा मेचीनगरका सबै संस्थागत विद्यालयलाई पछि पार्दै नृत्य प्रतियोगितामा हिमालयन पहिलो भएको हो ।
प्रतियोगी विभिन्न शैक्षिक विधाहरुमा हिमालयनले भाग लिने गरेको छ । ती विधामा हिमालयनले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । हिमालयनले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप केन्द्रित गतिविधिलाई प्राथमिकतामा राखेको छ ।
हिमालयनले नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको शिक्षक सविन पौडेलले बताए । उनले विद्यार्थी, नृत्य निर्देशक र नृत्य प्रशिक्षकको कडा मेहनतका कारण उपलब्धी हासिल गर्न सकिएको बताए ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

