प्याब्सन मेचीनगर : गायनमा हाेलीवेल, नृत्यमा हिमालयन मावि प्रथम


मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० मेचीनगरले सञ्चालन गरेको नगर स्तरीय दूई दिवसिय गायन तथा नृत्य प्रतियोगिताको पहिलो दिन आज भएको प्रतियोगितामा उत्कृष्ट विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ ।
आज भएको नृत्य प्रतियोगितामा हिमालय अंग्रेजी माविले प्रथम पुरस्कार हासिल गर्यो, त्यसैगरी होलीबेल अंग्रेजी मावि दोस्रो बन्यो भने तेस्रो पुरस्कार पारिजात अंग्रेजी माविले प्राप्त गर्न सफल भयो ।

त्यसैगरी सिनियर तर्फको गायन विद्यामा प्रथम पुरस्कार होलिवेल अंग्रेजी माविले प्राप्त गरेको छ भने दोस्रो उपाधि हिमालय एकाडेमीले प्राप्त गर्न सफल भयो । तेस्रो पुरस्कार पारिजात पव्लिक स्कूलले प्राप्तगर्न भएको छ ।

त्यसैगरी सोही विद्याको जुनियर तर्फको प्रतियोगितामा प्रथम उपाधी होलिबेलले जित्न सफल भयो । दोस्रो पुरस्कार नर्थपोइन्ट अंग्रेजी माविले र तेस्रो पुरस्कार तारापञ्ज अंग्रेजी माविले हातपार्यो । मेचीनगरको इटाभट्टास्थित मैदानमा आयोजित प्रतियोगितामा नर्थपोइन्ट अंग्रेजी मावि, तारापुञ्ज अंग्रेजी मावि, गंगा मेमोरियल अंग्रेजी मावि , ग्रीन भिलेज इङ्लिस स्कूल, झापा नेशनल इङ्लिस इङ्लिस स्कूल, एभरेष्ट भ्यू अंग्रेजी मावि , दोकानडाँडा इङ्लिस स्कूल, थेसिस इङ्लिस स्कूल, ओसियानिक इङ्लिस स्कूल , शान्ति वि । इङ्लिस स्कूल, पारिजात अंग्रेजी मावि, हिमालयन इङलिस स्कूल, फाइवस्टार इङ्लिस स्कूल, होलिबेल इङ्लिस स्कूल, हिमालयन एकाडेमी, दुर्गा इङ्लिस स्कूल, युनिक इङ्लिस स्कूल, माउण्ट पोइन्ट इङ्लिस स्कूल, लिटल एञ्जल इङ्लिस स्कूल र सेन्टपल्स इङलिस स्कूल गरि २० वटा विद्यालय सहभागि बनेका थिए ।

विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सनले प्रतियोगिता आयोजना गर्दै आएको प्याब्सन मेचीनगर कोषाध्यक्ष एवम् झापा नेशनल स्कूलका प्रिन्सिपल कमल भेटवालले जानकारी दिए ।
प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालको अध्यक्षतामा भएको कायक्रमको प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए । नगर प्रमुख बुढाथोकीले शैक्षिक विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । उनले हरेक क्षेत्रको सकारात्मक पहलबाट मात्रै नगर समुन्नत बन्न सक्ने बताए । कार्यक्रममा प्याब्सनका प्रदेश सदस्य अजय आले मगर लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्याब्सन जिल्लाका पदाधिकारी एवम् प्रतिनिधि, विभिन्न पालिकाका प्याब्सन अध्यक्ष तथा प्रतिनिधि, एनप्याब्सन मेचीनगर अध्यक्ष, प्रिन्सिपल, सञ्चालकको आतिथ्यता रहेको थियो । प्याब्सन मेचीनगर उपाध्यक्ष विक्रम क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव नेत्र खतिवडाले गरेका थिए । प्याब्सनको सांस्कृतिक कार्यक्रम विहीबार (भोलि) समापन हुँदैछ ।