कार्कीले दिए भुटियालाई हात्ती उपहार
कोलकाता । भारतका पुर्व राष्ट्रिय फुटबल टिमका क्याप्टेन भाइचुङ भुटियालाई पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सवको अवसरमा नेपाली टोलीको तर्फबाट अर्जुनकुमार कार्कीले हात्तीको तस्बिर अंकित उपहार प्रदान गरेका छन् ।
शुक्रबारदेखि कोलकाताको साँल्ट लेक सिटिसेन्टरमा सुरू भएको महोत्सवको अन्तिम दिन आज महोत्सव स्थलमा भुटियालाई उपहार प्रदान गरिएको हो ।
एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक समेत रहेका कार्कीले हात्तीबाट प्रभावित क्षेत्रमा हात्ती प्रकोप जनचेतनाका लागि भुटियालाई दुतको रूपमा कार्य गरिदिन अनुरोध गरे ।
भुटियाले उपहार ग्रहण गर्दै परिवासहित नेपाल भ्रमण गर्ने बताए ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

