सार्वजनिक सम्पत्ती खाली गर्न मेचीनगरले जारी गर्यो ७ दिने सूचना
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर भित्र रहेको अनाधिकृत संरचना हटाउने भएको छ । मेचीनगरले आज एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र रहेका सार्वजनिक सम्पत्तीहरुको संरक्षण गर्न भन्दै अनाधिकृत रुपमा प्रयोग भएका गरिएका सबै संरचना हाटाउने भएको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ नगरपालिकाको स्वामित्वमा रहेको सम्पति कसैले प्रयोग गरेको अवस्था रहेमा, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको अतिक्रमण गरी उपभोग गरेको भएमा, अनधिकृत रुपमा बिज्ञापन तथा होडिङ्ग बोर्ड राखेको भएमा, सडक क्षेत्राधिकार मिची अनधिकृत रुपमा संरचना निर्माण गरी अतिक्रमण गरेको भएमा ७ दिन भित्रमा उक्त क्षेत्र खाली गर्नहुन छ ।

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


