शर्मा र तामाङको संयुक्त मतदाता सम्मान र्याली, सेवक बन्ने प्रतिवद्धता

मेचीनगर । झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित विश्वप्रकाश शर्मा तथा प्रदेश सभा १ बाट निर्वाचित गोपाल तामांगको संयुक्त धन्यवाद र्याली बिहीबार सम्पन्न भएको छ ।
मेचीनगर ७ इटाभट्टाबाट सुरु भएको धन्यवाद र्यालीले पुण्य चोक, दोकान डाँडा, बडाखाल, भृकुटी, बौद्धमोड, गाडागल्ली, मेचे डाँगी, बाहुनडाँगी बजार, माता चौक, नक्कलबन्दा चोक, सालघारी, भट्टराई चोक, हनुमान मन्दिर, खानेपानी, ६ नं बगान, सतिघट्टा, गोमनसरी, मदनवस्ती हुँदै निन्दावारीको क्षेत्र परिक्रमा गरेको थियो ।
सो अवसरमा निर्वाचित हुने शर्मा तथा तामांगले आम मतदाताबाट खदा, फूलमाला, अविर तथा मायाका चिनो ग्रहण गर्दै हार्दिक आभार प्रकट गरेका थिए । उनीहरुले आफूलाई विश्वास गरेर दिएको अमूल्य मतको सँधै सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
गत ४ गते सम्पन्न निर्वाचनमा शर्माले ३९ हजार ६२४ मत प्राप्त गरेका थिए भने प्रदेश सभामा निर्वाचित तामांगले २३ हजार ४५ मत प्राप्त गरेका थिए ।

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...