अग्नि खरेल र रबिन कोइरालाले दिए बिजेताहरुलाई बधाइ
मेचीनगर । झापा–१ मा उपबिजयी बनेका नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र केन्द्रीय सदस्य रबिन कोइरालाले बिजेताहरुलाई बधाइ दिएका छन् ।
झापा–१ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र प्रदेश–१ मा नेपाली कांग्रेसकै गोपाल तामाङ निर्वाचित बनेका छन् ।
त्यसैगरी, प्रदेश–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेचीनगर अध्यक्ष सबिना बजगाई निर्वाचित भएकी छन् । बिजयी भएका शर्मा र तामाङ सत्ता गठबन्धनका उम्मेद्वार हुन् भने बजगाई नेकपा एमालेसँगको तालमेलमा उम्मेद्वार बनेकी हुन् ।
आज साँझ एमालेका उम्मेद्वारद्वय खरेल र कोइरालाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनबाट बिजयी शर्मा र तामाङसहित एमाले तालमेलबाट बिजयी बजगाईलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
‘यसपटकको निर्वाचनमा यस क्षेत्रका जनताले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हामीलाई दोस्रो स्थानको मत दिनु भनेको हामीले आफ्ना कमी कमजोरी सच्याएर आगामी दिनमा पहिलो बन्नुपर्छ र त्यसका लागि यस घटनालाई शिक्षाको रुपमा ग्रहण गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ–‘निरंकुशतन्त्रविरुद्ध लोकतन्त्र प्राप्ति र रक्षाका पक्षमा निरन्तर लाग्दै आएका हामी जनताको अभिमतलाई सदैव शिरोधार्य गर्दछौं ।’
एमाले उम्मेद्वारद्वय खरेल र कोइरालाले नेकपा एमालेलाई मत प्रदान गर्ने मतदाता, चुनाव प्रचारमा खटिने इमान्दार कार्यकर्ता, निर्वाचन कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई हार्दिक आभार व्यक्त गरेका छन् ।
आगामी दिनमा झापा–१ का जनताको पक्षमा सदैव अग्रणी भूमिका निर्वाह गर्ने एमाले नेताद्वयको विज्ञप्तिमा उल्लेख छ ।

मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
