प्रेस चौतारी झापाद्वारा पत्रकार महासंघ झापाको साधारणसभा बहिस्कार

बिर्तामोड । प्रेस चौतारीले नेपाल पत्रकार महासंघ झापाको साधारण सभा बहिस्कार गरेको छ । एक विज्ञप्ति जारी गर्दै प्रेस चौतारी नेपाल झापा शाखाले महासंघको आज आयोजित साधारणसभा बहिस्कार गरेको जनाएको छ ।
विज्ञप्ति मार्फत नेपाल पत्रकार महासंघ झापाको साधारणसभामा प्रेस चौतारीका सदस्यहरु सहभागी नहुने स्पष्ट पारेको छ । अध्यक्ष मनकुमार गदालले जारी गरेको विज्ञप्तिमा पत्रकार महासंघ झापा बन्न नसेकेको बताइएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखा पत्रकारहरुको सबैभन्दा ठुलो संगठन प्रेस चोतारीसँग पूर्वाग्रही हुँदै कुनै पनि कार्यमा सहकार्य नगरी मनोमानी ढंगबाट सञ्चालन हुदै प्रेस चौतारीमा आवद्ध सदस्यहरुमाथि झुठा मुद्धामा फसाउने, चरित्र हत्या गर्ने जस्ता कार्य गर्दै आइरहेको जनाएको छ ।
महासंघसँग संगठनबाट गरिएका कयौं मागहरुमा सम्बोधन नगरी अघि बढिरहेको वर्तमान नेतृत्व साझा बन्न नसकेको चौतारीको ठम्याई छ । साधारणसभा जस्तो विशेष उत्सवमा समेत प्रेस चौतारीलाई अवज्ञा गर्दै आफु खुशी अघि बढेको हुँदा आजको वार्षिक साधारण सभा बहिस्कार गर्न बाध्य भएको प्रेस चोतारी नेपाल झापाले जनाएको छ ।

बिर्तामोड । व्यक्ति मरेर जान्छ, तर उसको विचार...

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...