उम्मेदवारलाई सुकुमबासीले सोधे – हाम्रो लालपूर्जा कहिले आउछ ?
मेचीनगर । मेचीनगर–८ स्थित समावेशी सुकुमबासी टोलका भूमिहिन जनताले उम्मेदवारलाई अहिलेसम्म लालपूर्जा नपाएकोमा गुनासो पोखेका थिए ।
सोमबार नेकपा एमाले र राप्रपा मेचीनगर–८ ले आयोजना गरेको संयुक्त चुनावी घरदैलो कार्यक्रममा हिडेका उम्मेदवारहरुलाई समावेशी सुकुमबासी टोलका जनताले लालपूर्जा नपाएकोमा गुनासो पोखेका हुन् ।
झापा–१ का प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइराला र राप्रपाकी समानुपातिक उम्मेदवार सुनिता शर्मालाई भूमिहिन जनताले लालपूर्जा कहिलेसम्म पाइन्छ भनेर प्रश्न गरेका थिए ।
सो टोलका ३० घरका भूमिहिन परिवार वर्षौँदेखि धनिपूर्जा विना सुकुमबासीको जीवन विताइरहेका छन् । ‘जिल्लाको सुकुमबासी आयोग मार्फत विगतमा फारम भर्ने काम गर्यो’ सोहि टोलका भूमिहिन टंकनाथ अधिकारीले भने–‘तर अहिलेसम्म लालपूर्जा हातमा परेको छैन ।’
एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज समेत रहेका कोइरालाले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले सुकुमबासी आयोग गठन गरेर भूमिहिन जनतालाई लालपूर्जा दिने प्रकिया थालेको बताए । तरपछि गठबन्धनको सरकारले त्यो आयोग खारेज गर्यो । राजनीतिक फण्डा गरेर लालपूर्जा दिने भनेर सुकुमबासीलाई वर्तमान सरकारले झुक्काएको उनको भनाई छ । उनले अब चुनावपछि बन्ने एमालेको वहुमतको सरकारले भूमिहिन जनतालाई लालपूर्जा दिने ठोकुवा गरेका छन् ।

त्यसो त यहाँका स्थानीयबासीहरुले विजुलीको भोल्टेज कम हुने समस्या, झापा मार्ग, सिञ्चाई, हात्ती, साना तथा ठुला ग्राभेल सडक, नहर, कल्पट, सुकुमबासी, सामुदायिक तथा अन्य भवन लगायतका समस्याहरुका विषयमा उम्मेदवारलाई कुरा राखेका थिए ।
मेचीनगर–८ को मेचे ग्रामथान टोल, शान्ति टोल, मुनवारी टोल, सरस्वती क र ख टोल, दुर्गेश्वारी, सगरमाथा, प्रगति टोल, चौधरीवाडी, मकर चोक, टोकला चिया वगानका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।
घरदैलो कार्यक्रममा एमालेका नेताहरु राजु कार्की, देवकुमार राई, शुशिल आचार्य, सन्तोष आचार्य, गणेशकुमार खरेल, रघु धिमाल, गणेश कार्की, मिलन विश्वकर्मा, केदार गिरी, लालबहादुर थामी, सुवास मिजार, ताकेन्द्र तामाङ, तीलक दर्जी, गोविन्द गिरी, गोमा खड्का, सीता राई, लक्ष्मी मेचे, बिक्रम गिरी तथा राप्रपाका गोविन्द ओली लगायतको सहभागिता रहेको थियो ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

