जनताले चाहे जस्तै विकासको लहर ल्याउँछु : सबिना बजगाई
दुहागढी । झापा–१ को प्रदेश–१ मा प्रदेश सांसद्की उम्मेद्वार सबिना बजगाईले अब जनताले चाहेजस्तो विकासको लहर ल्याउने बताएकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हलो चुनाव चिह्न लिएर उम्मेद्वार बनेकी उनलाई सो क्षेत्रमा एक्लै जित्नलायक जनमत भएको नेकपा एमालेले सघाउँदैछ ।
आज विहान मेचीनगर–१४ को रंगिया बस्तीमा मत माग्दै घरदैलोमा पुगेकी बजगाईसमक्ष स्थानीयबासीले आफ्नो गाउँको सडक कालोपत्रे नभएको लगायतका समस्या सुनाएका थिए ।
‘तपाईहरुकी गाउँकी छोरी हुँ, यहाँको सडकलाई कालोपत्रे गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ’–उनले स्थानीयबासीसमक्ष प्रतिवद्धता व्यक्त गरेकी छन् ।

सरल र शालीन स्वाभावकी बजगाई दुहागढी निवासी हुन् । उनले गाउँका समस्याहरु बारे आफु अवगत रहेको हुँदा प्रदेश सांसद् बनेपछि कहाँ कसरी विकास गर्नुपर्ने भन्ने विषयमा सहज हुने स्थानीयबासीलाई आश्वस्त बनाइन् ।
स्थानीय ८० वर्षीय देबजित चौहानले नागरडुब्बाबाट दक्षिण जाने सडकहरुमा ध्यान दिन आवश्यक रहेको बताउँदै कच्ची सडकका कारण धुलो खानु परेको गुनासो सुनाए । उम्मेद्वार बजगाईले आफ्नो गाउँको विकासमा ध्यान दिनेमा आफु आश्वस्त भएको चौहानले बताएका छन् ।
घरदैलो कार्यक्रमको नेतृत्व नेकपा एमालेका केन्द्रीय सल्लाहकार विष्णु प्रसाईले गरिरहेका छन् । प्रसाईले नेकपा एमालेको एक्लै बहुमत रहेको यस क्षेत्रमा राप्रपालाई एमालेका समर्थन रहेको हुँदा सबिना बजगाईको जित सुनिश्चित रहेको बताए ।

काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
