अग्नि र एमाले तयार छ, बहस गरौं : मोहनकाजी

मोहनकाजीको फेसवुकबाट
झापा १ मा नेकपा एमालेको बढ्दो लोकप्रियताबाट निराश मनोदशामा पुगेकाहरूले आम जनसमुदायमा प्रभावशाली उम्मेदवार अग्नि खरेलका विरूद्ध भ्रमको खेतीपाती गर्ने क्रम रोकिएको छैन ।
१) सुरूमा पाहुना भएको र पछि सिभिल सहकारीको सल्लाहकार रहेको फण्डा गरे । दुबै फण्डा पानीको फोका जस्तो फासफुस भयो । किनकि ती सत्य थिएनन्, झुठो भएकाले धेरै टिकेनन् ।
२) आज अर्को हाँसउठ्दो फण्डा सुरू गरेछन्, अग्नि कमरेडका जेठो छोरा अमेरिकामा छन् भनेर । अहिलेको ग्लोबलाइजेसनको जमानामा हजारौं नेपालीका छोराछोरीहरू अमेरिका, अस्ट्रेलिया, क्यानडा, चाइना , जर्मनी लगायतका देशमा छन् । कुन अनौठो भयो र ?
३) चन्द्रमामा पानी भेटिएको पत्ता लगाएका बैज्ञानिक लुजेन्द्र ओझा नेपाली हुन् । अनेकौं नेपालीले विदेशी भूमिमा आफ्नो क्षमता प्रदर्शन गर्दा यसमा गौरवबोध नै हुन्छ । विदेशी सेनामा लाखौंको सङ्ख्यामा नेपालीले जागिर खाएका छन् । खाडी मुलुकमा लाखौं सेक्युरिटी गार्ड छन् । अग्निका छोरा निशानले अमेरिकी सेनामा जागिर खाइरहेका रहेछन् । यो कुन अपराध भयो र ?
४) अग्निको विद्वता, कुशलता, इमान, प्रतिबद्धता, अनुभव आदिका विषयमा बहस गरौं, अग्नि र एमाले तयार छ । तर, बालिग भइसकेका छोराको निजी विषयमा भ्रम छर्ने प्रयत्नले एमाले र अग्निलाई केही फरक पर्दैन । प्रायोजकहरूका लागि ब्याकफायर हुने निश्चित छ । अनेकौं फण्डा कथुरेर अग्नि कमरेडको निःशुल्क विज्ञापन गरिदिने स्वघोषित निष्पक्ष र स्वतन्त्र माध्यमहरूप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौं ।
https://www.facebook.com/mohan.kazi.3/posts/pfbid0b98chH5aETCshcoqQXcYubvNZruyWJTBUMFeHQ26gCXrAYBgHScJFcQMTGKmTkJDl

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण...

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको...

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक...