एमाले झापा १ को अभियान : ‘घर–घरमा कार्यकर्ता, टोल–टोलमा उम्मेदवार’
धुलाबारी । नेकपा एमाले झापा क्षेत्र नम्बर १ मा चुनावी अभियान सुरु भएको छ । नेकपा एमाले र राप्रपाको संयुक्त चुनाव प्रचार–प्रसार समितिले शुक्रबार (आज) देखि घरदैलौ अभियान सुरु गरेको हो ।
‘घर–घरमा कार्यकर्ता, टोल–टोलमा उम्मेद्वार’ भन्ने मूल नाराका साथ मेचीनगर १४ र ३ बाट घरदैलो अभियान सुरु भएको छ । मेचीनगर १४ अन्तर्गत मजदुर चौतारी, नमुना टोल, गणेश मन्दिर, मैनालीबारी टोल, मिलडाँडा, मनकामना टोल, धाइजन चोक, जानकी टोल लगायत अन्य टोलका बासिन्दासँग प्रतिनिधि सभाका उम्मेदवार अग्नि खरेल र प्रदेश सभाका उम्मेद्वार सबिना बजगाईंले भेटघाट गरेका छन् ।
उक्त भेटघाट कार्यक्रममा क्षेत्रीय चुनाव प्रचार–प्रसार कमिटिका संयोजक विष्णु प्रसाईं, प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार भिम खवास, प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार अञ्जु बर्देवा, केन्द्रीय खानेपानी विभागका सदस्य सन्तोष आचार्य, प्रदेश कमिटि सदस्य राजु कार्की, जिल्ला कमिटि सदस्य कृष्ण कनाल, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देन, जिल्ला आर्थिक विभाग सदस्य दिपेन्द्र पाण्डे र मेचीनगर अध्यक्ष राजु पोख्ररेल लगायतको उपस्थिति थियो ।
त्यसैगरी, मेचीनगर ३ मा बडा गाउँ, दोकानडाँडा, धुरा, तेलपानी, बेंसी बजार, भिमसेनथान, खम्बुटार लगायतका टोलहरुमा प्रदेश सभाका उम्मेद्वार रविन कोइरालाले भेटघाट गरेका छन् ।
मेचीनगर –३ नम्बरको कार्यक्रममा एमाले झापा क्षेत्र नम्बर १ चुनाव प्रचार–प्रसार कमिटिका सह–संयोजक श्री मैनाली, राप्रपाबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेद्वार असाेक सुब्बा, चुनाव प्रचार–प्रसार कमिटिका सचिव टिकाराम मंग्राती चुनाव प्रचार प्रसार कमिटिका सदस्य रामचन्द उप्रेती, देवकुमार राई, भुपाल शिवाकोटी, रमा भण्डारी, पुष्प गुरागाई, लगायतको उपस्थिति रहेको थियो ।
एमाले झापा १ को अभियान ‘घर–घरमा कार्यकर्ता, टोल–टोलमा उम्मेद्वार अन्र्तगत भोली शनिवार मेचीनगर १५ वडामा टोल वासी सँग प्रतिनिधि सभाका उम्मेद्वार खरेल र प्रदेश सभाका उम्मेद्वारले भेटघाट गर्ने कार्यक्रम रहेको क्षेत्रीय चुनाव प्रचार–प्रसार कमिटिका सचिव टिकाराम मंग्रातीले जानकारी दिए ।


काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
