गाईबस्तुको सम्मानमा मुण्डा समुदायको ‘देउसी छोपार’

मुण्डा जातीले परम्परागत देउसी छोपार कार्यक्रम सम्पन्न गरेका छन् । मेचीनगर-७ मा सामूहिक रुपमा देउसी छोपार कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
गाईबस्तुको सम्मान स्वरुप प्रत्येक वर्षको भाइटीकाको अघिल्लो दिन देउसी छोपार कार्यक्रम गरिँदै आएको छ ।
वर्षदिन गाईबस्तुबाट आफूहरूले सहयोग लिँदै आएकाले एक दिन उनीहरूको नाममा समर्थित गरिने खेललाई देउसी छोपार भनिन्छ । यसमा दुई व्यक्तिहरू पशुको भूमिकामा देखिन्छन् र उनीहरूलाई खाना खान दिइन्छ । पशुकै जस्तै गरी उनीहरूले खाना खानु पर्दछ र जित्नेले पुरस्कार पाउँछ ।
युवा पिंढीमा यो संस्कारको जर्गेना गर्नको लागि सामूहिक देउसी छोपार कार्यक्रम आयोजना गरिएको नेपाल मुण्डा समाजका केन्द्रीय सल्लाहकार बन्धन मुण्डाले बताए ।
मुण्डा समुदायले गाई र गोरूको पूजामा पनि सोही दिन गर्दै आएको छ । बिहान गाई र गोरूको पूजा गरिसकेपछि देउसी छोपार खेल्ने प्रचलन छ । कार्यक्रममा मेचीनगरका डेढसय बढी मुण्डा समुदायका मानिसहरूको सहभागितामा थियो ।
यो समूदाय नेपालको प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्दछन् । सरकारले लोपोन्मुख जातिको सूचीमा राखेको यस समुदायको जनसंख्या तीन हजार हाराहारीमा रहेको समाजका केन्द्रीय सल्लाहकार बन्धन मुण्डाले जानकारी दिए ।
यो समुदायबाट प्रतिनिधि वा प्रदेशसभामा अहिलेसम्म एकजनाको पनि प्रतिनिधित्व भएको छैन ।
तस्बिरहरू

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम...

काँकडभिट्टा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको...

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...