झापा क्षेत्र नं १ : बढ्यो एमालेको चुनावी चहलपहल

झापा क्षेत्र नं १ मा एमालेको चुनावी चहलपहल बढ्य
मेचीनगर । नेकपा एमालेले झापा क्षेत्र नं १ मा चुनावी अभियानलाई तिब्रता दिएको छ । आसन्न मंसिर ४ गते हुने संघिय र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै एमालेले क्षेत्र नं १ मा आफ्नो चुनावी अभियानलाई अगाडि बढाएको हो ।
एमाले चुनाव प्रचार-प्रसार समितिले निर्वाचन क्षेत्रको वडा वडामा उम्मेदवार प्रतिनिधि सभा सदस्यका लागि पुर्व कानुन मन्त्री, एमाले स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेल र प्रदेश (क) मा एमाले केन्द्रीय सदस्य तथा झापा जिल्ला सह-इन्चार्ज रविन कोईरालासहितको टोली लिएर अहिले चुनावी माहोल बनाउदै कार्यकर्ता भेटघाटलाई तिब्रता दिइरहेको छ ।
अभियानमा अहिले एमालेका केन्द्रीय तहदेखि वडा तहसम्मका नेतृत्वहरूको सहभागीता रहेको छ । कार्यक्रममा अहिले केन्द्रीय सल्लाहकार सदस्य बिष्णु प्रसाईं, प्रदेश कमिटी सदस्य श्री प्रसाद मैनाली, राजु कार्की, बन्दन कुमार मुण्डा, देवकुमार राई, मेचीनगर अध्यक्ष राजु पोखरेललगायतको उपस्थिती रहने गरेको छ ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...