एमालेमा झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कोइरालाको नाम सर्वसम्मत सिफारिस भएको छ ।
तर स्थायी कमिटी सदस्य अग्नि खरेल र देवराज घिमिरे दुबैलाई टिकट दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोइरालालाई प्रदेशमा चुनाव लड्न प्रस्ताव गरेका थिए ।
देवराज २ र अग्नि १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनेछन् । कोइरालालाई झापा १ को कुनै एक क्षेत्रबाट उम्मेदवार बन्न भनिएको छ ।
पूर्व सांसद समेत रहेका कोइरालाले भने आफूले प्रतिनिधिसभा सदस्यका लागि तयारी गरिरहेकाले प्रदेशमा नउठ्ने जवाफ फर्काएका छन् । कोइरालाले भने, ‘मैले आधिकारिक ठाउँमा प्रदेशमा उठ्दिन भनिसकेको छु ।’
नेतृत्वले भने प्रदेशमा एमाले सरकारमा हुने परिस्थिति बने महत्वपूर्ण जिम्मेवारी दिने आश्वासन दिएको एमाले झापाका एक नेता बताउँछन् ।