भारतीय सवारी साधनलाई खुल्यो सुविधा : नजिकको बजारसम्म जान पाउने
काँकरभिट्टा । नोवल कोरोना भाइरस कोभिड–१९ को पहिलो कहरसँगै २०७६ साल चैत १ गतेबाट बन्द भएको भारतीय सवारी साधनले सुविधा पाउने भएका छन् । सोमवार (आज) बाट लागु हुने गरि २०७६ साल चैत १ गतेबाट बन्द भएको भारतीय सवारी साधनले सुविधा पाउने भएका हुन् ।
जिल्लास्थित उद्योगी व्यवसायीहरुको संघ संगठनले सुविधा खुला गर्न मेची भन्सार कार्यालय काँकरभिट्टामा आग्रह गर्दै आएका थिए । सोही आग्रह अनुसार भारतीय सवारी साधनले पाउने सुविधा सोमबारबाट खुला गरिएको प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले बताए । ‘सुविधा बन्द हुदाँ धेरैलाई समस्या रहेछ’ प्रमुख भन्सार अधिकृत ओलीले भने —‘मेची उद्योग वाणिज्य संघ, नेपाल एसोसिएसन फर टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) प्रदेश नंं। १, होटल व्यवसायी संघ मेचीनगर लगायतका प्रमुख प्रतिनिधिहरुसँगको छलफलबाट सेवा खुला गरेका छौं ।’ भन्सारको यो निर्णयबाट धेरै व्यवसायी खुशी छन् ।

आइतबार भन्सारले सार्वजनिक सूचना टाँस गरेर यस बारेमा जानकारी गराएको छ । ‘आर्थिक ऐन २०७९ को अनुसूची १ को दफा १२ उपदफा ३ को खण्ड (खं) प्रतिबन्धात्मक वाक्यांश १ बमोजिम यस भन्सार कार्यालयको प्रवेश नाकाबाट सबैभन्दा नजिकको बजार धुलाबारीसम्मको लागि सोहि दिन फर्किने गरी निजी प्रयोजनका गाडीहरुलाई (कार, जीप मोटरसाइकलंं) आदि मिति २०७९ असोज १० गतेकादिन देखि लागु हुने गरी सुविधा पास प्रदान गरिने छ ।’ सूचनामा भनिएको छ । तर, सेवाग्राहीले यो पास सुविधा बिहान ८ देखि साँझ ५ बजेसम्म प्राप्त गर्न सक्ने प्रमुख भन्सार अधिकृत ओलीले जानकारी दिए । उनका अनुसार लामो दुरीमा भारतीय सवारी साधनले नियम अनुसारको राजस्व र भन्सार कार्यालयको प्रवेश नाकाबाट सबैभन्दा नजिकको बजारसम्म जादाँ सुविधा लिनुपर्दछ ।
मेची उद्योग वाणिज्य संघ मेचीनगर र नेपाल एसोसिएसन फर टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) प्रदेश नं. १ को पहलमा आइतबार भारतीय नम्बर प्लेटका साना सवारीहरुलाई सुविधा दिने सम्बन्धमा प्रमुख भन्सार अधिकृतलाई भेटेर छलफल गरिएको थियो । नेपालका सीमावर्ती बजारसम्म आवतजावत गर्ने भारतीय नम्बर प्लेटका साना सवारीसाधनहरुमा दिइएको सुविधा हटाएकोमा यस क्षेत्रका बजार, पर्यटन, तथा उद्योग धन्दाहरुमा नकरात्मक असर पदैं आएको मेची उद्योग वाणिज्य संघले बारम्बार बताउँदै आएको थियो ।

सुविधा नखुल्दा दैनिक १ सयदेखि १ सय ५० वटा भारतीय साना सवारी साधनहरु अस्थायी भन्सार महसुल बुझाएर निर्वाधरुपमा नेपालमा घुम्ने गरेका थिए । भारतीय नम्बर प्लेटका सवारी साधनले चौवीस घण्टाको ५ सय रुपैयाँ राजस्व बुझाएर अस्थायी पैठारी लिएपछि निर्वाधरुपमा नेपालका हरेक ठाउँमा पुग्न सक्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ओलीले बताए । भारतीय सवारी साधनले नेपाल प्रवेश पाए पछि नेपाल घुम्न आउने भारतीय पर्यटकहरुलाई सहज हुनेछ । सुविधा भन्सार राजस्वमा भने असर पर्ने भन्सार अधिकारीहरुको भनाइ छ । कोभिड १९ को पहिलो कहरसँगै २०७६ साल चैत १ गतेबाट नेपाल तर भारत सरकारले दुबैतर्फबाट नाका बन्द गर्दा सवारी साधन ठप्प थिए । भारतको पश्चिम बंगालस्थित पानीटंकी रानीगञ्ज नाका नेपालसँग सीमा जोडिएको छ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
