प्रहरीको सेटिङमा काँकरभिट्टा नाकाबाट दैनिक रुपमा भारततर्फ सुपारी तस्करी
झापा । झापाको मेचीनगर स्थित काँकरभिट्टा नाकाबाट प्रहरीकै सेटिङमा दैनिक रुपमा भारततर्फ सुपारी तस्करी भैरहेको पाइएको छ। सिमा सुरक्षाका लागि भन्दै खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङमै खुलेआम सुपारी तस्करी हुने गरेको तथ्य फेला परेको छ। सिमानाकामा खटिएका प्रहरी र तस्करहरूको सेटिङमा अहिले पुर्वी नाका काँकरभिट्टाबाट दैनिक रुपमा भारततर्फ अवैध सुपारी निकासी हुने गरेको पाइएको हो ।
विभिन्न मुलुकहरुबाट नेपाल भित्रिएको सुपारी अबैध रुपमा भारततर्फ निकासी भैरहँदा समेत सम्बन्धित निकायले यसतर्फ चासो नदिएको पाइएको छ। अघिल्लो महिना सम्म मोरङबाट तस्करी भैरहेको सुपारी प्रहरीले पक्राउ गरेसँगै अहिले झापाको पुर्वी नाकाबाट खुलेआम तस्करी हुने गरेको छ। अघिल्लो महिना विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नम्बर प्लेटका ट्रक नियन्त्रणमा लिए सँगै हाल झापाको पुर्वी नाका सञ्चालनमा आएको पाइएको छ।

नेपालमा भन्दा भारतमा सुपारीको मूल्य प्रतिकिलो झण्डै १ सय रुपैयाँ बढी छ। भारतमा सुपारीको माग अत्यधिक रहेका कारण अबैध रुपमा भारततर्फ सुपारी तस्करी हुने गरेको हो । राजस्व समेत छली गर्दै पुर्वी नाकाबाट दैनिक रुपमा सुपारी तस्करी बढेसँगै सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मी माथि प्रश्न उठेको छ। यसअघि रातिको समयमा हुने गरेको सुपारी तस्करी चाडपर्व नजिकिँदै जाँदा दिउँसै हुने गरेको छ।
गत साउन महिनामा एक सातामा प्रदेश १ का विभिन्न स्थानबाट ठूलो मात्रामा सुपारी बरामद भएसँगै रोकिएको सुपारी पुनः अबैध रुपमा भारततर्फ निकासी हुन थालेको हो । प्रहरीको सेटिङबिना कुनै हालतमा सुपारी तस्करी हुन नसक्ने र अहिले सेटिङ मिलाएर सुपारी तस्करी भैरहेको स्थानीय वासिन्दाको आरोप छ।

सुपारी तस्करीमा महिला मात्रै नभएर अपांग व्यक्तिहरुको समेत प्रयोग हुने गरेको पाइएको छ। नेपाल तथा भारतका महिलाहरुले शरिरका विभिन्न भागमा पोको पारेर प्रहरीकै सेटिङमा तस्करी हुनुले सुरक्षा निकायमाथि समेत गम्भीर प्रश्न खडा भएको छ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

