एमाले क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा रविन कोईराला सर्वसम्मत

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोईराला झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।
एमाले क्षेत्र नं १ को क्षेत्रिय कमिटीले झापा सहईन्चार्ज समेत रहेका कोईरालालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत सिफारिस गरिएको क्षेत्रिय संयोजक टिकाराम मंग्रातीले बताए ।
मेचीनगरकाे संस्थापक मेयर समेत रहेका कोईराला दोस्रो संविधान सभा निर्वाचनमा यस क्षेत्रबाट विजयी भइ संसदमा प्रतिनिधित्व समेत गरिसकेका छन् ।
एमालेका प्रभावशाली नेताको रूपमा परिचित कोईरालाले संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...