श्रीकृष्ण जन्माष्टमी : कृष्णथुम्कीमा पाँचदिने महोत्सव लाग्ने
झापा। झापाको बाहुनडाँगीस्थित पुर्वको प्रशिद्ध धार्मिक एवम् पर्यटकय स्थल कृष्णथुम्कीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाँचदिने महोत्सव लाग्ने भएको छ। श्रीकृष्ण थुम्की विकास समितिको आयोजनामा साउन ३० गतेदेखि भदौ ३ गतेसम्म महोत्सव हुने अध्यक्ष हिम्मत खड्काले जानकारी दिए। सोमबार बसेको समितिको बैठकले महोत्सव सञ्चालन सम्बन्धमा विभिन्न निर्णय गर्दै उक्त धार्मिक तथा पर्यटकीय स्थल कृष्णथुम्कीको विकास र प्रवर्द्धन गर्नका निमित्त महोत्सव आयोजना गरिएको जानकारी दिएको छ।
उक्त महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा विभिन्न जातजातिका झाँकीहरु समेत प्रस्तुत गरिने महोत्सव आयोजक समितिले जानकारी दिएको छ। महोत्सवमा विभित्र खेलहरु हुने तथा ३० वटा स्टल राखिने छन्, भने मद्यपान पुर्णरुपमा निषेध गरिएको छ। बोलबम तथा कृष्ण जन्माष्टमी महोत्सवले उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु लाई आकर्षित गर्ने र यसले ग्रामिण क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने समितिले जनाएको छ।

द्वापर युगमा भगवान श्रीकृष्णले यस स्थानमा गाई चराएको हुनाले यस स्थानको नाम कृष्ण थुम्की रहन गएको किम्बदन्ती छ। झापा जिल्लाको सुदुर उत्तर–पूर्व मेचिनगर नगरपालिका वडा नम्बर -१ बाहुनडाँगीमा मेची नदी र सिद्धी नदीको संगममा रहेको कृष्णथुम्की धार्मिक एवं ऐतिहासीक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको छ। वरिपरि समथर जमीन रहेको स्थानमा भरेको पाथी जस्तो चुलिएर बसेको कृष्णथुम्कीलाई द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको ठाउँ भएको विश्वास गर्ने गरिन्छ।
कृष्णथुम्कीमा एउटा चेप्टो ढुङ्गामा मानव र गाईको पद चिन्ह अङ्कित छ। कांकरभिट्टाबाट १३ कि।मी। उत्तरमा अवस्थित कृष्णथुम्कीमा, कृष्णथुम्की र अन्य ५ वटा थुम्की समेत जम्मा ६ वटा थुम्कीहरू रहेका छन्। यहाँ रहेको कृष्णथुम्कीवाहेक अन्य ५ वटा थुम्कीहरूलाई पाँच पाण्डवको प्रतिकको रूपमा लिने गरिएको पाइन्छ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

