प्याब्सन मेचीनगरको बिस्तारित बैठक : विभिन्न विषयमा छलफल


मेचीनगर । प्याब्सन मेचीनगरको बिस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा बाहुनडाँगी, काकरभिट्टा, इटाभट्टा, धुलाबारी, खुट्टेडाँगी, धाइजन, चारआली क्षेत्रका निजी विद्यालयका क्षेत्रका निजि तथा अवसिय विद्यालयका संस्थापक प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।
बैठकले कोभिड पछि नगरभित्रका निजि तथा अवसिय विद्यालयहरुको अवस्थाको बारेमा छलफल गरेको छ । नगर भित्र संचालित निजि स्कुलहरु विभिन्न स्तरको भएको र कोभिडले प्रत्यक्ष प्रभाव पारेको हुँदा एक अध्ययन प्रतिवेदन तयार गर्ने बिषयमा छलफल गरेको छ ।
भौगोलिक बिकट्तासंगै विभिन्न स्तरमा सेवा प्रवाह गरिरहेका निजि स्कुलका संचालक एव प्रिन्सिपलहरुलाई नगर सरकारको तर्फबाट के भइरहेको छ भन्ने बारेमा छलफल भएको प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालले बताए । बैठकले नवनिर्वाचित नगर सरकारसँग चाडै परिचयात्मक कार्यक्रम राखि प्याब्सनको अवधारण समेत पेश गर्ने निर्णण्य गरेको समितिले जनाएको छ ।

कोभिड पछि निजि तथा आवसिय विद्यालयहरुको आर्थिक अवस्था र स्कुलहरुमा कार्यरत शिक्षक कर्मचारीहरुको अवस्थाको बारेमा समेत घनिभुत छलफल भएको थियो । आगामी दिनमा आइपर्न सक्ने सम्भावित कोभिड प्रभाव र तेसको व्यस्थापन सँगै स्कुलहरुले तिर्नुपर्ने विभिन्न करका बिसयमा अन्तरक्रिया गरिएको थियो । कोभिडको बेलामा आर्थिक चपेटामा परेर वक्यौताको रुपमा रहेको व्यवसायिक करबाट समस्यामा परिरहेका विद्यालयहरुको विषयमा समेत छलफल भएको छ ।

नगरले पहिलो चरणमा स्थानीय पाठ्यक्रमको तालिम दिएको तर दोस्रो चरणको तालिम दिन ढिलो गरेको भन्दै तत्काल तालिमको व्यवस्थामिलाउन नगरपालिकासंग तालिमको लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ । लेटर ग्रेडिङ र मुल्याङ्कन विधिको साथमा एकीकृत पाठ्यक्रमको तालिम नगर सरकारलेनै गर्नु पर्नेभएपनि तालिम दिन उदासिन देखिएको समितिले जनाएको छ ।

मेचीनगरले पहिलो पटक नीति तथा कार्यक्रममा निजि तथा आवसिय विद्यालयका शिक्षक कर्मचारी एवम् विद्यार्थी केन्द्रित कार्यक्रम ल्याएको भन्दै नगरपालिकालाई धन्यवाद ज्ञापन गरेको थियो ।

नगर बाट प्रबाह हुने सेवा सुविधा लिदा संस्थापक प्रिन्सिपलहरुले आत्मा सम्मान गिराउनु पर्ने अवस्था हुन नदिन नरभित्रका सबै निजि ताथा आवसिय विद्यालयहरु भ्रमण गरी सबैको अवस्था अध्ययन गरि चाडै आफ्नो अवस्थाको जानकारी नगर सरकारलाई गराउने निर्णय समेत गरेको छ ।
प्याब्सन मेचीनगरको अध्यक्ष डम्बर रुचालको अध्यक्षतामा बसेको बैठकमा पूर्व जिल्ला सल्लाहकार हरि अधिकारी लगायत जिल्ला पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र संस्थापक प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।