२४ दिनपछि पुस्तकमा आयो मेचीनगरको बजेट

मेचीनगर । मेचीनगर नगरपालिकाले बजेट पुस्तिका आज सार्वजनिक गरेको छ । नगरप्रमुख गोपाल बुढाथोकी र उपप्रमुख मीना उप्रेतीले आज नगर कार्यपालिकाको बैठकमा बजेट पुस्तिका सार्वजनिक गरेका हुन् ।
असार १० गते बसेको दोस्रो नगरसभाको पहिलो बैठकमा नगरकी उपप्रमुख मीना उप्रेतीले प्रस्तुत गरेको आव २०७९/०८० को बजेट असार २३ गते बसेको दोस्रो बैठकले संशोधनसहित अनुमोदन गरेको थियो ।
बजेट पास भएको २४ दिनपछि नगरपालिकाले पुस्तिका छपाएर सार्वजनिक गरेको हो । सो अवसरमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यपालिकाको बैठक चलिरहेको बेला केहीबेर बैठक रोकेर बजेट पुस्तिका सार्वजनिक गरिएको थियो । नगरप्रमुख बुढाथोकीले आम नगरबासीले बजेट बारे थाहा पाउन् भनेर पुस्तिका सार्वजनिक गरिएको बताए ।
नगरपालिकाले आव २०७९/०८० का लागि १ अर्ब ४८ करोड ४३ लाख ६६ हजार ४५८ रुपैयाँ ३४ पैसा बराबरको बजेट अनुमोदन गरेको हो ।

बिर्तामोड । व्यक्ति मरेर जान्छ, तर उसको विचार...

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...