थेसिस स्कुल : शैक्षिक गुणस्तरका निम्ति अभिमुखी तालिम

बाहुनडाँगी । शैक्षिक गुणस्तरका निम्ति शिक्षक र विद्यार्थी दुबैलाई उत्प्रेरणको आवश्यकता महसुस गरि थेसिस इङ्लिस सेकण्डरी स्कुलले दुई दिवसीय शिक्षक तथा विद्यार्थी अभिमुखी कार्यक्रम सञ्चालन गरेको छ ।
आज सम्पन्न भएको पहिलो दिनको उद्घाटन कार्यक्रमको अध्यक्षता थेसिस इङ्लिस सेकण्डरी स्कुलको प्रधानाध्यापक तथा मेचीनगर प्याबसन अध्यक्ष डम्बर रुचालले गरेका थिए भने प्रमुख अतिथीको रुपमा मेचीनगर वडा नं. २ का वडा अध्यक्ष दीपक बरालको उपस्थिती थियो । त्यसै गरि अथितिहरुमा उत्प्रेरक कार्यक्रमको प्रशिक्षक डिआर पराजुली म्याग्नेट, ओसियानिक इङ्लिस सेकण्डरी स्कुलका प्रधानाध्यापक पदम रुचाल र दोकानडाँडा इङ्लिस सेकण्डरी स्कुलका प्रधानाध्यापक नेत्र खतिवडाको उपस्थिती थियो ।
थेसिस इङ्लिश सेकण्डरी स्कुलकको आयोजनामा भइरहेको उक्त कार्यक्रममा बौद्धमोडको ओसियानिक इङ्लिस सेकण्डरी स्कुल र दोकानडाँडाको दोकानडाँडा इङ्लिस सेकण्डरी स्कुलको पनि सहभागिता रहने थेसिसका प्रधानाध्यापक डम्बर रुचालले बताए ।
शुक्रबारबाट मेचीनगर वडा नं. २ को भृकुटी चौक पूर्व अवस्थित साहारा साकोस जेष्ठ चौतारी भवनमा आयोजित अभिमुखी कार्यक्रममा स्वागत मन्तब्य ओसायनिकका प्रधानाध्यापक पदम रुचालले राखेमा थिए भने कार्यक्रमको औचित्य माथि डम्बर रुचालले प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संचालन थेसिस स्कुलका शिक्षक अनिल लोहारले गरेका थिए ।

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...

ईटाभट्टा । झापाको मेचीनगरमा सक्रिय मेची अभियानको आर्थिक र...

मेचीनगर । अत्याधिक गर्मीका कारण मेचीनगर नगरपाकिका भित्र...

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. काँकडभिट्टाले...