लायन्स क्लब मेचीनगरको स्थापना दिवस : अपांगता भएका बालबालिकालाई सहयोग

मेचीनगर । लायन्स क्लब अफ मेचीनगरले आइतबार मेचीनगरको इटाभट्टास्थित समाजसेवा युवा संघ अपांग सहयोग समितिमा आश्रित बालबालिकासँग आफ्नो चौथो स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा लायन्सले उक्त संस्थालाई ४० हजार रुपैयाँ बराबरको खाद्यान्नसहित स्टेसनरी सामग्री सहयोग गरेको छ । सोही अवसरमा लायन्स क्लब अफ मेचीनगरले केक काटेर अपांगता भएका बालबालिकालाई खुवाएको छ । लायन्स क्लब अफ मेचीनगर सामाजिक क्षेत्रमा क्रियाशील हुँदै आएको छ ।
लायन्स क्लब अफ मेचीनगरका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा लायन्स क्लबका संस्थापक अध्यक्ष शंकर थापा, समाजसेवी डा. शरदचन्द्र राई, अपांग सहयोग समितिका सञ्चालक गंगा संग्रौलालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा लायन्सका निवर्तमान अध्यक्ष सन्तोष आचार्य, प्रथम उपाध्यक्ष रोशन प्रधान, द्वितीय उपाध्यक्ष नवराज प्रधान, लियो क्लब अफ लायन्स मेचीनगरका अभिजित दवाडी, आशिष पौडेल तथा लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लबका सचिव सजित तामांगले गरेका थिए ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...