लायन्स क्लब मेचीनगरको स्थापना दिवस : अपांगता भएका बालबालिकालाई सहयोग
मेचीनगर । लायन्स क्लब अफ मेचीनगरले आइतबार मेचीनगरको इटाभट्टास्थित समाजसेवा युवा संघ अपांग सहयोग समितिमा आश्रित बालबालिकासँग आफ्नो चौथो स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा लायन्सले उक्त संस्थालाई ४० हजार रुपैयाँ बराबरको खाद्यान्नसहित स्टेसनरी सामग्री सहयोग गरेको छ । सोही अवसरमा लायन्स क्लब अफ मेचीनगरले केक काटेर अपांगता भएका बालबालिकालाई खुवाएको छ । लायन्स क्लब अफ मेचीनगर सामाजिक क्षेत्रमा क्रियाशील हुँदै आएको छ ।
लायन्स क्लब अफ मेचीनगरका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा लायन्स क्लबका संस्थापक अध्यक्ष शंकर थापा, समाजसेवी डा. शरदचन्द्र राई, अपांग सहयोग समितिका सञ्चालक गंगा संग्रौलालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा लायन्सका निवर्तमान अध्यक्ष सन्तोष आचार्य, प्रथम उपाध्यक्ष रोशन प्रधान, द्वितीय उपाध्यक्ष नवराज प्रधान, लियो क्लब अफ लायन्स मेचीनगरका अभिजित दवाडी, आशिष पौडेल तथा लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लबका सचिव सजित तामांगले गरेका थिए ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

