मेयरमाथि दुर्व्यवहार, एमाले अध्यक्षमाथि हातपात प्रयास


नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईमाथि हातपातको प्रयास भएको छ ।
बिर्तामोड नगरपालिकामा बुधबारे हटियाको सन्दर्भमा बसेको सर्बदलीय बैठकमा बिर्तामोड उधोग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष राजु न्यौपानेले नगरप्रमुख पबित्रा महतरा प्रसाईंमाथी दुर्ब्यवहार र एमाले अध्यक्ष भट्टराईमाथी हातपातको प्रयास गरेका हुन् ।

बुधबारे हटियाका ब्यापारीलाई बिजुली बाल्न मिटर दिनुपर्ने माग राख्दै संघका केही ब्यक्ति आन्दोलित छन् । सोही बिषयमा छलफल चलिरहेको बेला नगर प्रमुख महतरा बोल्ने क्रममा न्यौपाने जुरुक्क उठेपछि उनलाई एमाले अध्यक्ष भट्टराईले बसेर मेयरको कुरा सुन्न आग्रह गर्दा भट्टराईमाथि न्यौपाने जाइलागेका थिए । वरपर बसेका अन्य ब्यक्ति र प्रहरीले हातपात हुनबाट बचाएका छन् ।

बुधबारे हटियामा नियम बिपरित बसेका ब्यापारीलाई मिटर दिने कुरा बृहत छलफल जरुरी भएको भन्दै नगरले छलफल प्रारम्भ गरेको थियो । मेयर प्रसाईले जग्गादाता समेत राखेर छलफल गर्न आवश्यक छ भनेपछि संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेले तुरुन्त जडान हुनुपर्ने माग राखेका थिए ।

हप्तामा एक दिन मात्रै बजार लगाउन दिइएको भन्दै अनारमनीका पूर्व अध्यक्ष हर्कलाल गिरीले ब्यक्तिको नाममा मिटर दिन नमिल्ने बताएका छन् । उनले सो निर्णयमा जग्गादाताको समेत सल्लाह लिनुपर्ने बताए ।

सोहि विषयमा नेकपा एमाले बिर्तामोड कमिटीले साँझ एक विज्ञप्ती जारी गरेको छ । नगरपालिकाको सम्पति तोडफोड, पार्टीको नगर अध्यक्ष माथि भएको हातपातको प्रयास लगायतका विषयमा गम्भीर ध्यानाकर्षण भएको र हातपातको प्रयास हुनु खेदे जन्य घटना भएको पार्टीले ठहर गरेको छ । विज्ञप्तीमा यस्ता हर्कत गर्ने बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष न्यौपाने लगायतलाई प्रहरी प्रशासनसँग कानुनी कारवाहीको माग गर्दछ ।