सिद्धी खोला सिचाईको साधारण सभा सम्पन्न
मेचीनगर । सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाको ५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मेचीनगर २ बौद्धमोड स्थित मेची जनसाधारण मावि परिसरमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले कृषि क्षेत्रमा विकास गर्न सके मात्रै देशमा आर्थिक समृद्धि सम्भव रहेको बताए । साथै उनले कृषिमा सफलता हासिल गर्नसके आम नागरिकको जिवनस्तर सृदृढ हुने बताए । साथै उनले कृषि क्षेत्र र किसानको जिवनस्तर उकास्न आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभाको खुल्ला सत्रमा प्रमुख अतिथि बुढाथोकी, मेचीनगर २ का वडाध्यक्ष दिपक बराल, मेचीनगर ४ का वडासदस्य पवन बराईली, गिता मगर, धनमाया कोइराला, साना किसान सहकारी संस्थाका प्रबन्धक पोसक दर्जी, बाहुण्डाँगी खानेपानी संस्थाका अध्यक्ष सनत अधिकारी, सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाका पूर्व अध्यक्ष हरि चम्लागाई, पूर्व मेचीनगर १ का वडाध्यक्ष पासाङ तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मेचीनगर १, २, ३ र ४ (साविक बाहुण्डाँगी गाबिस) क्षेत्रमा फैलिएको सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाले पूर्णरुपमा सञ्चालन हुँदा १७ सय हेक्टर क्षेत्रफलमा सिचित गर्ने छ ।
सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाका अध्यक्ष नीलकण्ठ तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सभाको उद्घाटन सत्रमा पर्वता घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...

