निर्वाचित उपप्रमुखदेखि डाक्टरसम्मका प्रतिभा सम्मानित
धाइजन । बानियाँ बन्धु समाजको १३ औँ केन्द्रीय महाधिवेशन शनिबार मेचीनगर–११ स्थित बानियाँ गाउँमा सम्पन्न भएको छ ।
केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट बानियाँ बन्धुहरुलाई सम्मान गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित राजेश बानियाँ, अग्रज व्यक्तित्व हरिचरण बानियाँ, संरक्षक ज्योतिप्रकाश बानियाँ, सशस्त्रका प्रहरी निरीक्षक नविन बानियाँ, डा. विशाल बानियाँ, बानियाँ बन्धु समाजका पूर्व झापा अध्यक्ष नारायण बानियाँसहित दुई दर्जन प्रतिभालाई सम्मान गरिएको हो ।
बानियाँ बन्धु समाजका केन्द्रीय अध्यक्ष केशरबहादुर बानियाँको अध्यक्षता तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमममा प्रमुख अतिथि बुढाथोकीले मेचीनगरमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नु गौरवको विषय भएको बताए । उनले सबै समुदायको विकासका निम्ति नगरपालिका सदैव लागि पर्ने बताए ।

कार्यक्रममा मेची क्याम्पस भद्रपुरका पूर्व क्याम्पस प्रमुख कमल गुरागाईं, त्रिदेव क्याम्पस चारआलीका क्याम्पस प्रमुख माधव प्याकुरेल, डम्बर देउजा, वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ, छन्दुराम भण्डारीलगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।
बानियाँ बन्धु समाजका केन्द्रीय सदस्य शेरबहादुर बानियाँले स्वागत गरेको कार्यक्रको सञ्चालन झापाका पूर्व जिल्ला सचिव देबु बानियाँले गरेका थिए । महाधिवेशनमा भारतसहित नेपालका गरेर ६ सय प्रतिनिधि सहभागी थिए । महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि २५ सदस्यीय नयाँ समिति चयन गर्दैछ ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

