मेचीनगर ८ : घर घरमा बृद्धभत्ता, सडकमा सिसि क्यामेरा

मेचीनगर । स्थानीय तहको निर्वाचनपछि झापा मेचीनगरका विभिन्न वडामा नवनिर्वाचित पदाधिकारीले वडाको कार्यभार सुचारु गरेका छ्न् ।
यसै क्रममा मेचीनगर ८ वडा कार्यालयले जनताको सेवामा सरिक हुँदै जनसेवामा महत्वपूर्ण निर्णय गरेको छ । वडा कार्यालयमा नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेसंगै जनताको सेवामा पहिलो बैठकबाट नै महत्वपूर्ण तीन वटा निर्णय गरेका हुन् ।
वडाध्यक्ष गीरीराज धमला, वडासदस्यद्वय कुन्दन निरौला र बिष्णु भट्टराई, महिला सदस्य मनकुमारी गीरी र दलित महिला सदस्य कविता खनाल सार्कीको संयूक्त बैठकले वडाका रहेका जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता उनीहरुको घरघरमै पुर्याईदिने निर्णय गरेको छ ।
त्यस्तै वडाबासीको शान्ति शुरक्षाका लागि वडाका चोक चोकमा सिसी टिभी जडान गर्ने निर्णय गरेको छ । साथै गरीब तथा जेहेनदार सामुदायिक विद्यार्थीहरुलाई छात्राबृत्ती दिने निर्णय गरेको छ ।

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...