मेचीनगर प्रमुखमा गोपाल, उपप्रमुखमा उप्रेती निर्वाचित

काँकरभिट्टा । मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमालेका गोपाल चन्द्र बुढाथोकी भारीमतका साथ निर्वाचित भएका छन् ।
मंगलबार विहान ६ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार नगरको प्रमुख पदमा बुढाथोकी ५ हजार १६७ मतको अन्तरले विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धि गठबन्धनबाट कांग्रेसको तर्फका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त गरेका छन् ।
नगरप्रमुखमा वजयी बुढोथोकीले २६ हजार ४७८ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । मेचीनगरमा कुल ६३ हजार ६८८ मत खसेको थियो ।
त्यस्तै राप्रपाका रमेश दाहालले ३ हजार ८९५, मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले १ हजार ८८७, साइकल चिन्हले १९१ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
यता नगरको उपप्रमुखमा मिना पोखरेल उप्रेती पनि भारिमतका साथ विजयी भइन् । उनले ८ हजार ७७२ मतको अन्तरले प्रतिसपर्धिलाई हराउदै विजयी भइन् । उनले २१ हजार ५९० मत ल्याएकी थिइन् ।
उनका प्रतिस्पधिहर्रु गठबन्धनको माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८, राप्रपाकी सविना बजगाईले ९ हजार ८८०, स्वतन्त्रबाट उम्मेद्वार बनेका डिल्लीराम घिमिरेले पानीको धारा चिन्हबाट १ हजार १९९, मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले २ हजार २४ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...