चुनावी प्रतिस्पर्धा सकियो अव हामी एकै ठाउँमा छौं

झापा ।। मेचीनगर–६ नम्बर वडामा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ निर्वाचित भए । प्रतिस्पर्धि एमालेका बालकृष्ण थापालाई १७४५ मतको अन्तरले हराएर तामाङ विजयी भएका थिए । थापाले २२२४ मत प्राप्त गरेका हुन । वडा नम्बर ६ को ७७४० मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार तामाङले ३९६९ मत ल्याएर निर्वाचित भएका थिए ।
निक्कै महत्वको साथ हेरिएको मेचीनगर ६ को चुनावी प्रतिस्पर्धा सकिएको छ । चुनावी मैदानमा भाग लिएका दुबै प्रतिस्पधी बिच एक आपसमा शुभकामना आदान प्रदान भएको छ । काँकरभिट्टा भएको एक भेटघाटका बिच प्रतिस्पधि जनताको मनमा भिज्न सफल बालकृष्ण थापाले निर्वाचित उम्मेद्वार ललितबहादुर तामाङ लाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । दुबै बिचमा एक अर्कामा अंकमाल गर्दै चुनावी प्रतिस्प्रधा सकियो अब यसरी नै हो मिलेर जाने सन्देश दिएका थिए ।

नङ र मासुको सम्बन्ध झै आफुहरुको सम्बन्ध भएको भन्दै अर्को पटकको निर्वाचनमा थापालाई सय प्रतिशत सहयोग गरेर अघि बढ्ने तामाङ ले बताए ।
तामाङले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमालेका राजु पोखरेललाई २ मतले हराएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
