मेचीनगरको मतगणना मध्यरातमा स्थगित

मेचीनगर । मेचीनगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना राति स्थगित भएको छ । गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा राजनीतिक दलहरुबीच विवाद भएपछि मत गणना स्थगित भएको हो ।
मतगणना स्थलमा प्रतिनिधि राख्ने बिषयमा सहमति नमिलेपछि विवाद भएकाे जनाइएको छ । माओवादी केन्द्रका प्रतिनिधि मत गणना स्थलबाट बाहिरिएका छन् । तर एमालेले प्रतिनिधि व्यवस्थापनमा निर्वाचन आयोगले कमजोरी गरेको भन्दै असन्तुष्ट व्यक्त गरेको छ ।
मेचीनगर वडा नं १ को मतगणना भइरहँदा १५ नं. वडाको मत गणना सुरु हुँदै गर्दा मेचीनगरमा मत गणना तत्कालका लागि स्थगित भएको छ । मतगणना सुचारु गर्न राजनीतिक दलहरुबीच सहमतिको प्रयास भइहेको निर्वाचन कार्यालय मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन...

धुलावारी । चारआली जेसीजको आयोजनामा ‘प्रकरण गोष्ठी २०२५’...