मेचीनगरको मतगणना वडा नं १ बाट सुरु

मेचीनगर । मेचीनगर नगरपालिकाको मतगणना १ः२० बाट सुरु भएको छ । मेचीनगर-१ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको सिल खोलेर मतगणना सुरु भएको हो ।
मतगणना स्थालमा राजनीतिक दलका एक एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ ।
हिजो भएको मतदानमा मेचीनगर १ मा ३५ सय मत खसेको थियो ।
विहान ८ वजेदेखि सुरु हुने भनिएको सर्वदलीय बैठक १० वजे मात्र सुरु भएको थियो । दलीय सहमति अनुरुप मतगणना सुरु भएको छ ।
नगरको १५ वटै वडाको १०२ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम शनिवार राति नै सम्पन्न भएको थियो ।
पहिलो चरणमा वडा नम्बर १ देखि मतगणना सुरु भएको बुझिएको छ ।
मेचीनगरका १५ वटा वडाका १८९ मतपेटिकामा मतपत्र राखिएको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मेचीनगरमा कडा सुरक्षा घेराबीच राखिएको थियो ।
मेचीनगरमा ७०।२२ प्रतिशत मत खसेको थियो । नगरका ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ३३९ जनाले मतदान गरेको निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...