हजारौ जनताका को साथ वडाध्यक्ष उम्मेदवार बालकृष्ण थापा टिमको घरदैलोमा



  • झापा ।। सडकमा हजारौ जनताको समर्थन थियो । आयो एमाले आयो गितको गाना गुन्जिएको थियो । अगाडी जनप्रतिनिधिका उम्मेदवार मतदाता सँग भोट माग्न प्रत्येक घर घरमा भेटघाटमा ब्यस्त थिए । स्थानीय कोहीँ आफना मोबाइल बाट भिडियो लाइभ गर्दै थिए थिए त कोहीँ तस्वीर खिच्दै थिए ।
    यो माहोल शनिबार दिउँसोको हो । मेचीनगर नगरपालिका वडा न ६ का नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार बालकृष्ण थापा सहितको टिम मतदाताको घर आगनमा पुग्दाको रौनक यस्तो देखिन्थ्यो ।


स्थानीय जनताहरुले उम्मेदवारहरुलाई दोसल्ला र रातो टिका लगाएर सम्मान गर्दै जितको शुभकामना समेत दिएका छन् । मेचीनगर ६ बजार क्षेत्रमा सम्पन्न रयालीमा हजारौको उपस्थिती देख्न सकिन्थ्यो । मतदाता सँग आशिर्वाद लिदै जनताको समस्या समाधान गर्ने प्रतिबद्धता सहित भोट मागिएको थिए ।
टोल क्षेत्रमा भोट माग्न पुगेका वडाध्यक्षका उम्मेदवार बालकृष्ण थापा र उम्मेदवारलाई केही बृद्ध बुबा आमाले अंगालो हाले ।
चुनावी अभियानको क्रममा मात्रै नभएर भोलिका दिन पनि बृद्ध आमा बुबाको हरेक समस्यामा सारथी बन्ने थापाले प्रतिकृया दिए । युवा माझमा समेत लोकप्रिय मानिएका उम्मेदवार पुग्दा स्थानीयको उत्सहा देखिन्थ्यो । जनताको भावना कदर गर्दै आफु अघि बढने थापाले बताए ।
घरदैलो अभियान वडा नं ६ को टोल टोलमा पुगेको छ भने जहाँ जाँदा पनि जनताको अपार समर्थन मिलेको पाटीका वडा अध्यक्ष प्रितम काफले ले बताए । भोली मेचीनगरका मेयर उपमेयर पदका उम्मेदवार सहित काँकरभिट्टाका बिभिन्न क्षेत्रमा बृहत सभा राखिएको उनले बताए ।