म सबैको साझा उम्मेद्वार : सविना बजगाई
मेचीनगर । मेचीनगर नगरपालिकाको उपप्रमुखमा राप्रपाबाट उम्मेद्वार बनेकी सविना बजगाईले आफु सबैको साझा उम्मेद्वार भएको बताएकी छन् ।
घरदैलो कार्यक्रममा रहकै बेला पत्रकारहरुसंग कुराकानी गर्दै ठुला भनिएका दलले नगरपालिकामा नेतृत्व गरेर पनि आम नगरबासीको पक्षमा काम गर्न नसकेकाले पनि यो चुनावमा आफुलाई सबैले मतदान गर्ने सविनाले दाबी गरिन् ।

‘चुनाव प्रचारमा हिड्दा गाउँ गाउँमा उत्साह देखेको छु,’ मेचीनगर–९ को घरदैलो कार्यक्रममा भेटिएकी सविनाले भनिन् ‘सबैतिर काँग्रेस, एमाले र माओवादीसँग जनताको आक्रोस देखेकी छु ।’
घरदैलोमा जाँदा सबैको माया पाएको र सबैले यसपाली राप्रपालाई भोट दिने भनिरहेका कारण पनि आफु सबैको साझा उम्मेद्वारका रुपमा रहेको सविनाले बताइन्। ‘नगरबासी सबै तिरबाट वाक्क भइसकेका रैछन’ उनले भनिन्, ‘अब राप्रपालाई एक मौका दिने सबैले खुलेरै भन्न थालेको छन ।’

ठुला भनिएका दलहरुले सहर केन्द्रित देखावटी मात्रै काम गरेको भए पनि नगरका भित्रि गाउँ जनताका लागि अहिलेसम्म नगरपालिकाको पहँुच नै पुग्न नसकेका कारण पनि त्यसमा राप्रपाको नेतृत्वले मसिनो ढंगबाट काम गर्ने सविनाले बताइन् ।
यो पटकको चुनावमा पहिलो रोजाईमा राप्रपा नै परेकाले पनि आफु विजयी हुने कुरामा ढुक्क रहेको सविनाले बताइन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...