मेचीनगर एमालेको घरदैलो अभियान : चारआलीका मतदातामा देखिएको उत्साहा

मेचीनगर । गठबन्धनलाई परास्त गर्न एक्लै मैदानमा उत्रेको नेकपा एमाले मेचीनगरले घरदैलो चुनावी अभियानलाई तिब्र रुपमा अगाडी बढाई रहेको छ ।
निर्वाचनको मिती नजिकीदै जाँदा एमालेका उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न मतदाताको घर-घर पुगीरहेका छन् । के घाम के पानी प्रतिकुल मौसमको पनि कुनै प्रवाह नगरी जनताको समस्या सुन्न र आफ्नो पाँच बर्षे प्रतिबद्धता बुझाउन एमाले मेचीनगरको टिम जनताको घरघरमा पुगीरहेको छ ।
एमालेबाट मेयर पदको उम्मेद्वार गोपालचन्द्र बुढाथोकी, उपमेयर पदकी उम्मेद्वार मीना पोखरेल उप्रेतीलगायतको टिम अहिले मेचीनगरको पन्द्रवटै वडामा तालिका नै बनाएर चुनावी प्रसारप्रचार अभियानमा होमिएको छ । मेचीनगर १४, १५ र १० नम्बर वडामा घरदैलो कार्यक्रम सम्पन्न गरीसकेको एमालेले आज वडा नम्बर १३ मा आफ्नो अभियान गरिरहेको छ ।
अभियानकै क्रममा आज मेचीनगर–१३ स्थित उत्तर गंगा, पुरानो आइतबारे सुकुम्बासी टोल निवासी स्वार्गिय पविमाया विश्वकर्माको घरमा नै पुगेर समवेदना प्रदान गरेको छ ।
एमालेको घरदैलो कार्यकममा आज मेयरका उम्मेद्वार बुढाथोकी, उपमेयर उप्रेतीसंगै मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देल, वडा सदस्यहरू रविन्द्र न्यौपाने, ॠषीराज राजबंशी, तुलषा काफ्ले र रिता परियार रहेका छन् । त्यस्तै एमालेका केन्द्रिय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज रविन कोईराला, केन्द्रिय समिति सल्लाहकार सदस्य बिष्णु प्रसाईलगायत जिल्ला तहका नेताहरुसंगै स्थानीय नेता तथा कार्यकर्ताहरुको पनि बाक्लै सहभागीता रहेको छ ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...