मेचीनगर ४ एमालेका उम्मेद्वार मतदाताका घर–घरमा
मेचीनगर । झापा मेचीनगर नगरपालिका वडा नं. ४ का उम्मेद्धारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आसन्न स्थानिय तहको निर्वाचनको लागि आफ्नो पक्षमा मत माग्दै उम्मेद्धारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका हुन् ।
मेचीनगर वडा नं ४ मा अध्यक्षको लागि अर्जुन कार्की तथा सदस्यहरुमा पवन बराईली, गिता लुङ्गेली मगर, नुर बहादुर कार्की तथा धनमाया सार्की रहेका छन् ।
आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि एमाले वडा नं ४ ले आफ्नो सरल, आकर्षक तथा महत्वकांक्षी योजनाहरु अघि सारेको छ । घोषणा पत्र सार्वजनिक गर्ने योजनामा रहेका जनप्रतिनिधिहरुले घरदैलो कार्यक्रममा पर्यटन्, स्वास्थ्य, शिक्षा, पर्यावरण तथा विकासे विभिन्न योजनाहरु गर्ने प्रतिबद्धताहरु जनतामाझ लिएर आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएको छ ।
वडा अध्यक्षका उम्मेद्वार अर्जुन कार्कीले घरदैलो अभियानमा आँफूले गर्ने मुख्य कामको रुपमा ‘‘वालवालिकामा चेतना, युवामा सृजना तथा बृद्धबृद्धामा सन्तोष” भन्ने नाराका साथ अन्य विविध विषयहरु माथि आँफूहरुले विजय प्राप्त गरेपछि गर्ने कामहरु बताउदै मतदाताका घर–घरमा पुगेर अभियानलाई निरन्तरता दिइरहेका छन् ।
वडा नं. ४ को घरदैलो कार्यक्रममा प्रदेश कमिटी सदस्य निलकण्ठ तिवारी, जिल्ला सदस्य निर्मला गौतम, प्रचारप्रसार संयोजक प्रविण भण्डारी, वडा नं ४ एमाले अध्यक्ष तिर्थ नेपाल लगायतको सहभागिता रहेको छ । घरदैलो कार्यक्रम प्रतिनिधि र स्थानियहरु नाचेर, विचार सुनेर साथै छलफल तथा बहस समेत गरेर उल्लासमय वातावरणमा सञ्चालन भइरहेको छ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

