मेचीनगरमा एकीकृत समाजवादी गठवन्धनबाट बाहिरिने संकेत
मेचीनगर । नेकपा (एकीकृत समाजवादी) पार्टी मेचीनगरमा गठबन्धनबाट बाहिरिने सम्भावना बढेको छ । उक्त पार्टीले मेचीनगरमा तीन वटा बडाध्यक्षको दावी गरेपछि गठवन्धनसँग सहमती जुट्न नसकेको हो ।
गठवन्धनको वैठकमा समाजवादीलाई एउटा मात्र वडाध्यक्ष दिने भनेपछि सहमती हुन नसकेको हो । पार्टीले सहमती नजुटेपछि मेचीनगरमा आफ्नै तरिकाले तयारी थालेको समाजवादीका मेचीनगर सचिव हरि तिम्सिनाले बताए ।
समाजवादी० ले मेचीनगर नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित सबै वडामा उम्मेदवार उठाउने भएको हो । नेकपा (एकीकृत समाजवादी) को नगर कमिटीले मेचीनगरमा गठबन्धनको औचित्य अनुरुपको व्यवहार नभएको भन्दै आफ्ना उम्मेदवार नगर र सबै वडामा उठाउने निर्णय गरेको हो ।
नगरका सचिव तिम्सिनाले भोलि मेयर, उपमेयरसहित सबै वडा अध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गर्ने उनले बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
