मेचीनगरमा गठबन्धन : वडाध्यक्षका उम्मेद्वारहरु लगभग पक्का
मेचीनगर । मेचीनगरमा सत्तारुढ गठबन्धन दलका वडाध्यक्षका सम्भावित उम्मेद्वारहरुको नामहरु लगभग पक्का–पक्की भएको छ ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मेचीनगरमा सत्तारुढ गठबन्धन दलका वडाध्यक्षका उम्मेद्वारहरुको नामहरु पक्का भएको हो ।
माओवादी केन्द्र मेचीनगरका एक नेताका अनुसार वडा नम्बर १ मा हेमलाल गुरागाई, २ मा गोपी रिजाल, ३ मा पुष्प गुरागाई, ४ मा नविन बराल, ५ मा योगेन थापा मगर, ६ मा ललितबहादुर तामाङ, ७ मा अर्जुन राजबंशी, ८ मा गिरीराज धमलाको नाम वडाध्यक्षमा पक्का–पक्की भएको छ ।
त्यस्तै वडा नम्बर ९ म उद्वव बानियाँ र धनकाजी खत्री, १० मा एघार जना मध्ये तीन जनाको नाम चर्चामा छ । जस्मा सुदय पनेरु, इन्द्र सुब्बा, रविन वस्नेतको नाम अग्रपङ्तिमा छ । ११ मा कालीबहादुर खेवाङ, १२ मा नगेन्द्र धिमाल, १३ मा श्रीप्रसाद मरासीनी, १४ मा बाबुलाल सुब्बा र १५ नम्बर वडामा राजन भट्टराई र रेवादास उप्रेतीको नाम चर्चामा रहेको ती नेताले बताए ।
नेपाली कांग्रेस मेचीनगरका एक नेताका अनुसार मेचीनगर–२, ३, १२ र १४ माओवादी केन्द्र, ७ नम्बर वडा नेकपा एकीकृत समाजवादी पार्टी ९एस०, ११ नम्बर वडा जनता समाजवादी पार्टी ९जसपा० र बाँकी वडाहरु कांग्रेसको भागमा रहेको छ ।
आज बेलुका सम्ममा १५ वटै वडाका वडाध्यक्षका उम्मेद्वारहरुको टुंगो लाग्ने बताइएको छ ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...