मेचीनगर वडा नं १२ अब सीसी क्यामेराको निगरानीमा
चारआली । दुर्घटना र आपराधिक गतिविधि नियन्त्रण गर्न मेची राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ । मेचीनगर वडा नं १२ को कार्यालयले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा सीसी क्यामेरा जडान गरेको हो । सीसी क्यामेरा ७ ठाउँमा राखिएको वडाध्यक्ष नरेन्द्र धिमालले जानकारी दिए ।
उनका अनुसार चारआली सब्जी मन्डी क्षेत्रमा, पिलडाँगी, सहरेडाँगी, चारआली खानेपानी, सुनिल लावतीको घर छेउ, ऋतिका डेरी उद्योगको छेउ र कालु मेचेको घर अगाडि सीसी क्यामेरा जडान गरिएको हो ।

करिब ५ लाख रुपैयाँ लागतमा सीसी क्यामेरा जडान गरिएको वडाध्यक्ष धिमालले बताए । उक्त क्षेत्रमा बढ्दो दुर्घटना तथा आपराधिक गतिविधि हुँदै आएकाले त्यसलाई रोक्न सीसी क्यामेरा जडान गरिएको उनको भनाई छ ।
उनले वडाबासीलाई सुरक्षा प्रदान गर्न र गलत गतिविधि हुन नदिन सीसी क्यामेरा जडान प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । ‘मेची राजमार्ग क्षेत्रमा दुर्घटनाको जोखिम रहेको छ,’ उनले भने, ‘योसँगै गलत गतिविधिलाई निस्तेज पार्न सीसी क्यामेराले निगरानी गर्नेछ ।’
वडाको विकासमा उल्लेख्य प्रगति गरेको वडा नंं १२ अत्यधिक डुवान हुने क्षेत्रमा पर्दथ्यो । जनप्रतिनिधि आएसँगै ठाउँ–ठाउँमा डे«न निर्माण गरिएपछि अहिले डुवानमुक्त क्षेत्र बनेको छ । डे«न निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम सम्पन्न गरेसँगै अहिले शान्ति सुरक्षाको क्षेत्रमा योजना अघि बढाइएको वडाध्यक्ष धिमाल बताउँछन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
