मुक्ति समाज : मेचीनगरको १५ वटै वडामा कमिटि
मेचीनगर, २२ फागुन । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले संगठन सुदृढीकरण अभियान अन्र्तगत मेचीनगरको १५ वटै वडामा वडा कमिटि गठन गरेको छ ।
मुक्ति समाजले दुई महिना अघिदेखि संगठन सुदृढीकरण सुरु गरेको थियो । अभियानको उद्घाटन् एमाले स्थायी कमिटि सदस्य एवम् झापा इन्चार्ज अग्नि खरेलले गरेका थिए ।
दुई महिने अभियानमा विभिन्न वडाहरुमा पार्टीको केन्द्रिय सदस्य तथा झापा सहइन्चार्ज मीना पोखरेल उप्रेती, प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, क्षेत्रीय संयोजक डिल्लीराम घिमिरे, नगर अध्यक्ष राजु पोखरेल, पार्टी जिल्ला सदस्यहरु कृष्ण कनाल, निरु परियार, अन्जु बर्देवा, सुबास मिजार, मुक्ति समाजका जिल्ला सदस्यहरु रिता परियार, साबित्रा ल्वागुन, सिता मोते, पार्टी नगर सदस्यहरु तिलक दर्नाल, नारायण बिश्वाकर्मा लगायतले सम्बोधन गरेका थिए ।
वडा भेलाबाट वडा नम्बर १ मा टिकामाया मंग्रातिको अध्यक्षतामा ११ सदस्यीय समिति, वडा नम्बर २ मा रामबहादुर लकान्द्रीको अध्यक्षतामा ११ सदस्यीय समिति, वडा नम्बर ३ मा धर्म दुलालको अध्यक्षतामा ९ सदस्यीय समिति, वडा नम्बर ४ मा मनोज बराइलीको अध्यक्षतामा १५ सदस्यीय समिति, वडा नम्बर ५ मा दिलबहादुर शंकरको अध्यक्षतामा १३ सदस्यीय समिति, वडा नम्बर ६ मा सिमा रसाइलीको अध्यक्षतामा १५ सदस्यीय समिति, वडा नम्बर ७ मा कुलबहादुर बराइलीको अध्यक्षतामा ९ सदस्य, वडा नम्बर ८ मा बिनोद बिश्वाकर्मको अध्यक्षतामा १३ सदस्यीय समिति, वडा नम्बर ९ राजकुमार रम्तेलको अध्यक्षतामा १७ सदस्य, वडा नम्बर १० मा तपन बराइली को अध्यक्षतामा ९ सदस्य, वडा नम्बर ११ मा हरिलाल कालिकोटेको अध्यक्षतामा ९ सदस्य, वडा नम्बर १२ मा कृष्णमाया बराइलीको अध्यक्षतामा १३ सदस्य वडा नम्बर १३ मा शिव बराइलीको अध्यक्षतामा ११ सदस्य, १४ मा बिमला शिवाको अध्यक्षतामा ११ सदस्य र वडा नम्बर १५ मा नरेश बिश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ ।
सो अभियानको समापन एमाले जिल्ला कमिटि सचिवालय सदस्य, क्षेत्रीय कमिटि सहसंयोजक तथा मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य टीका मंग्रातीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । १५ वटै वडा अभियानको अध्यक्षता नगर कमिटि अध्यक्ष दिलबहादुर शंकर र सञ्चालन सचिव बिरु घिमिरेले गरेका थिए ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

