मेचीनगर नगरपालिकाको सवारी इन्धन खर्च मासिक ७ लाख
मेचीनगर । मेचीनगर नगरपालिकाले सवारी इन्धनमा मात्रै मासिक ७ लाख रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । नगरपालिकाको लेखा शाखाले दिएको जानकारी अनुसार पुस महिनामा सवारी इन्धन खर्च ७ लाख रुपैयाँ रहेको छ ।
यस्तै, मंसिरमा ५ लाख, कात्तिक महिनामा ३ लाख ५० हजार रुपैयाँ इन्धनमा खर्च भएको छ । मेचीनगर नगरपालिकामा ३० भन्दा बढी ठूला तथा साना सवारी सञ्चालनमा छन् ।
सरकारी कामका लागि भनेर नगरपालिकाले इन्धनवापत खर्च छुट्याउने गरेको छ । तर, कतिपय सवारी व्यक्तिगत काममा कर्मचारीले प्रयोग गर्दै आएका छन् । कतिपय कर्मचारीले सरकारी विदाका दिन पनि सवारी दुरुपयोग गर्दै आएका छन् ।
मेचीनगरमा ६ चक्के ९ वटा, ४ पांग्रे ७ वटा र २ पांग्रे १६ वटा भन्दा बढी सवारी सञ्चालनमा रहेका छन् । ती मध्ये धेरै सवारीलाई सरकारी कामकाजका लागि भन्दै नगरपालिकाले इन्धनको कुपन उपलब्ध गराउने गरेको छ । कुपन लिएर नगरपालिका कार्यालय छेउमै रहेको प्रनिक पेट्रोपम्पमा गएर कर्मचारीले सवारीमा इन्धन भर्ने गरेका छन् ।
इन्धन खर्चमा नगरपालिकाले मितव्ययी अपनाउन सकेको छैन । नगर क्षेत्रमा हुने सार्वजनिक कार्यक्रममा प्रमुख तथा उपप्रमुख अलग(अलग सवारीमा जाने गरेका छन् । एउटै कार्यक्रममा दुवैजनालाई निमन्त्रणा गर्दा सवारीको इन्धनमा पनि मितव्ययी गर्न सकेको भए इन्धन खर्चको व्ययभार घट्ने देखिन्छ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
