मेचीनगर नगरपालिकाको सवारी इन्धन खर्च मासिक ७ लाख

मेचीनगर । मेचीनगर नगरपालिकाले सवारी इन्धनमा मात्रै मासिक ७ लाख रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । नगरपालिकाको लेखा शाखाले दिएको जानकारी अनुसार पुस महिनामा सवारी इन्धन खर्च ७ लाख रुपैयाँ रहेको छ ।
यस्तै, मंसिरमा ५ लाख, कात्तिक महिनामा ३ लाख ५० हजार रुपैयाँ इन्धनमा खर्च भएको छ । मेचीनगर नगरपालिकामा ३० भन्दा बढी ठूला तथा साना सवारी सञ्चालनमा छन् ।
सरकारी कामका लागि भनेर नगरपालिकाले इन्धनवापत खर्च छुट्याउने गरेको छ । तर, कतिपय सवारी व्यक्तिगत काममा कर्मचारीले प्रयोग गर्दै आएका छन् । कतिपय कर्मचारीले सरकारी विदाका दिन पनि सवारी दुरुपयोग गर्दै आएका छन् ।
मेचीनगरमा ६ चक्के ९ वटा, ४ पांग्रे ७ वटा र २ पांग्रे १६ वटा भन्दा बढी सवारी सञ्चालनमा रहेका छन् । ती मध्ये धेरै सवारीलाई सरकारी कामकाजका लागि भन्दै नगरपालिकाले इन्धनको कुपन उपलब्ध गराउने गरेको छ । कुपन लिएर नगरपालिका कार्यालय छेउमै रहेको प्रनिक पेट्रोपम्पमा गएर कर्मचारीले सवारीमा इन्धन भर्ने गरेका छन् ।
इन्धन खर्चमा नगरपालिकाले मितव्ययी अपनाउन सकेको छैन । नगर क्षेत्रमा हुने सार्वजनिक कार्यक्रममा प्रमुख तथा उपप्रमुख अलग(अलग सवारीमा जाने गरेका छन् । एउटै कार्यक्रममा दुवैजनालाई निमन्त्रणा गर्दा सवारीको इन्धनमा पनि मितव्ययी गर्न सकेको भए इन्धन खर्चको व्ययभार घट्ने देखिन्छ ।

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण...

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको...

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक...