कोचिला एकता जागरण मेचीनगरको अध्यक्षमा राजकुमार

इटाभट्टा । कोचिला एकता जागरण समिति मेचीनगरको अध्यक्षमा राजकुमार राजवंशी चयन भएका छन् । आज मेचीनगर–७ इटाभट्टमा सम्पन्न भेलाबाट राजकुमार अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
समितिको अपाध्यक्षमा रीतु राजवंशी, सचिवमा कृष्ण राजवंशी, सहसचिवमा बाशुदेव राजवंशी, र कोषाध्यक्षमा संगिता राजवंशी चयन भएका छन् । समितिको सदस्यमा धनराज राजवंशी, बल्लु राजवंशी, रविनाथ राजवंशी, माधब राजवंशी, रवि राजवंशी, केशव राजवंशी, वुधारु राजवंशी, बिश्वजित राजवंशी, मणिन्द्र राजवंशी, रोणित राजवंशी, चिरुजित राजवंशी, र अर्जुन राजवंशी रहेका छन् ।
कोचिला एकता जागरण समिति केन्द्रिय समितिकाअध्यक्ष हंसलाल राजवंशीको अध्यक्षतामा सम्पन्न कार्याक्रम केन्द्रिय समिति अपाध्यक्ष जमुना राजवंशी, मणिकुमार राजवंशी, रञ्जन राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
केन्द्रिय समिति सल्लाकार सदस्य तुलसी राजवंशीले स्वागत गरेको कर्यक्रमको सञ्चालन सचिव बिशाल राजवंशीले गरेका थिए ।

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...