बुद्धशान्तिका विद्यालय फोकल पर्सनलाई एक दिने प्रशिक्षण
झापा । बालमैत्री पालिका निर्माण अभियान अन्तर्गत बुद्धशान्ती गाउँपालिकाका विद्यालय फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको समन्वय र गाउपालिकाको सहयोगमा सम्पन्न प्रशिक्षण कार्यक्रममा सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयका दुई दर्जन बढी शिक्षक प्रतिनिधि फोकल पर्सनहरुको सहभागिता रहेको थियो ।
मञ्चका अध्यक्ष सरोज पौडेलको सहजीकरण रहेको कार्यक्रममा सहभागी प्रशिक्षार्थिहरुले बिधालयमा बाल क्लब गठन गरिएता पनि प्रकृयाको बिषयमा अन्योल अवस्थामा रहेको बताएको थिए । सोही क्रममा सहजकर्ता पौडेलले बालमैत्री बिधालय हुनलाई चाहिने सुचकहरु र आवश्यक बिषयमा प्रष्ट पारेका थिए। कार्यक्रमले बालक्लब गठन र यस्का कार्यबिधीको बिषयमा प्रष्ट भएको बताउदै फोकल पर्सनहरुले महत्वपूर्ण जिम्मेवारी पाएको बताउदै पालिकाको बिधान अनुसार अघि बड्न प्रेरित भएको जनाएका छन ।
बालबालिका तथा शिक्षा संचार मंच सङ्ग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रशिक्षार्थीहरुले बालबालिकाको क्षेत्रमा कटिबद्द भएर काम गर्ने उद्घोष गरेका छन । कार्यक्रममा बोल्दै महिला तथा बालबालिका शाखा प्रमुख मिना बिस्टले शाखाको तर्फबाट सबै सहयोग गर्ने र आगामी दिनमा फोकल पर्सन संग समन्वय गरेर रणनीतिक योजना निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरिन।
सहभागी लाई सपथग्रहण गराउदै प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेलले आगामी नेतृत्व निर्माण गर्ने बालक्लब भएकाले स्थानीय पालिकाले सकेको सहयोग गर्ने बताए।
कार्यक्रममा गाउँपालिका सूचना अधिकारी मदन कडेल आयुर्वेद शाखा प्रमुख पुरण लहरी लगायतको उपस्थित रहेको थियो । मंञ्चका बुद्धशान्ती संयोजक आयुस निरौलाले स्वागत गरेको कार्यक्रमको संचालन उमानाथ भण्डारीले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
