छड्के अनुसन्धानको पहिलो वार्षिक उत्सव सम्पन्न
काँकरभिट्टा । छड्के अनुसन्धान साप्ताहिक आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर –६ मा मुख्य कार्यालय रहेको पत्रिकाले सोमबार एक कार्यक्रम आयोजना गरि दोस्रो वार्षिक उत्सव समेत मनाएको छ ।
पत्रिकाका प्रकाशक बालकृष्ण थापाको सभापतित्व रहेको कार्यक्रममा प्रकाशक थापाले केक काटेर पत्रिका दोस्रो वर्षमा प्रवेश गरेको उद्घोष गर्दै पत्रिकालाई आगामी दिनमा थप पठनीय बनाइने बताए । थापाले भने, ‘कोरोना भाइरसको त्रासका कारण पत्रिकाले यस वर्ष गतिलिन सकेन । आगमी दिनमा नाम अनुसारको काम गर्दै पत्रिकालाई निरन्तरता दिने छौं’। उनले पत्रिकालाई यहाँसम्म ल्याइपुर्याउन कर्मचारी, सम्पादक मण्डल, विज्ञापन दाता तथा पाठक वर्गको ठूलो योगदान रहेको बाताउँदै सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

पत्रिकाका सम्पादक खगेन्द्र घिमिरेले मोफसलमा रहेर पत्रकारीता गर्नु चुनौति पूर्ण रहेको र त्यसमा पनि साप्ताहिक पत्रिकाले थप मेहनत गर्नु पर्ने बताए । कार्यक्रममा लोकतन्त्र पोष्ट दैनिकका प्रधान सम्पादक अर्जुन कार्की, खवर मञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेल लगायतले मोफसलमा रहेर छड्के अनुुन्धान पत्रिकाले भ्रष्टचार अन्त्यको लागि खवरदारी गर्दै समाज रुपान्तरणमा सक्रिय भएर काम गरिरहेको बताए ।

कार्यक्रममा जनसंसद दैनिकका सम्पादक झुलन रेग्मी , मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराल, हाम्रो खवरपार्टी डक कमका सम्पादक युवराज आचार्य , जनसंसद दैनिकका किसोर उपरकोटी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन छड्के अनुसन्धानका बजार व्यवस्थापक आकासले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
