शिक्षा सहकारीको अध्यक्षमा पुनः सुब्रत न्यौपाने


बिर्तामोड । शिक्षा बहुउदेश्यीय सहकारी संस्था बिर्तामोड ४ को अध्यक्षमा पुनः सुब्रत न्यौपाने चयन भएका छन् । संस्थाको शुक्रवार बिर्तामोडमा भएको ९ औं बार्षिक साधारणसभाबाट ४ बर्षिय कार्यकालका लागि न्यौपाने निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा हेमराज मिश्र, सचिवमा सूर्यकुमार खतिवडा निर्बिरोध चयन भएका छन् । त्यस्तै सदस्यमा भगीरथा थापा, यज्ञप्रसाद मिश्र, उमा राई, नबराज कडरिया, लक्ष्मीप्रसाद घिमिरे र चिजा राई पनि निर्विरोध चयन भएका छन् । त्यसैगरी संस्थाको लेखा समितिको संयोजकमा युवराज निरौला, सदस्यमा लक्ष्मी देवान र यामनाथ खरेल निर्विरोध चयन भएका छन् ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत तथा कार्यक्रमका विशिष्ठ अतिथिसमेत रहेका डिल्ली दाहालले निर्विरोध निर्वाचित समितिको नामावली घोषणा गरेका थिए । कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि दाहालले शिक्षा सहकारीको प्रशंसा गर्दै केहि सुझाव समेत दिएका थिए । उनले सहकारीले गरिवलाई धनि बनाउने गरेको बताए ।

संस्थाका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका उपमेयर पविबत्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका सञ्चालक समिति सदस्य चिजा राईले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई,राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखा प्रमुख विवेक डाँगी, जिल्ला सहकारी संघ झापा सदस्य चन्द्रकला भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपेश धौरालीले गरेका थिए ।

सोही कार्यक्रममा संस्था तथा सेवा केन्द्रका उत्कृष्ट कर्मचारी सुशिला ढकाल, मुना बुढाथोकीसहित उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणिलगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सम्मानीत हुनेहरुमा सकाली मेचे, ऐश्वर्या लिम्बु, गंगाबहादुर कट्वाल, कृष्णप्रसाद बजगाई, सृष्टि दाहाल, कुमार कार्की, कञ्चना भट्टराई, यामराज ढंगाना, भुवनसिंह खड्का, तरुनु खातुन रहेका छन् । त्यस्तै तिलक बयलकोटी, अभिषेक शिवाकोटी, नेत्र लामिछाने, सविना थोकर, महमद मसुद आलम, कपिल लिम्बु, आरुषि खतिवडा, प्राञ्जल डाँगी, अनिता राजवंशी, प्रभात मिश्र र बलबहादुर चौहानलाई सम्मान गरेको छ ।

आर्थिक बर्ष २०७७र०७८ सम्ममा ३ हजार ८ सय ८ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी २ करोड ६९ लाख ९८ हजार ७ सय रुपैयाँ छ भने ५ वटा सेवा केन्द्र रहेको प्रतिवेदनमा उल्लेख छ ।