गुरुङको स्मृतिमा शोक सभा र र्याली

काँकरभिट्टा । स्व.मकरबहादुर गुरुङको ९ औं पुण्यतिथिका दिन शनिबार काँकरभिट्टामा शोक र्याली तथा सभा गरिएको छ ।
जिल्ला तेक्वान्दो संघ झापाको आयोजनामा बिहान सुरु र्यालीपछि शोक सभा गरिएको हो ।

संघका जिल्ला अध्यक्ष बाबुलाल सुब्बाको अध्यक्षतामा भएको शोक सभाको प्रमुख अतिथि संघका केन्द्रीय सदस्य विजयकुमार न्यौपाने थिए ।


त्यसक्रममा प्रमुख अतिथि न्यौपाने, संघका जिल्ला उपाध्यक्ष कुमार भट्टराईलगायतले शोक मन्तव्य व्यक्त गर्दै समवेदना पत्र हस्तान्तरण गरेका थिए । समवेदना पत्र स्व. गुरुङका छोरा दिपराज गुरुङलगायतले ग्रहण गरेका थिए ।


दिपराज तेक्वान्दो खेलका नेपाल जन्मदाता हुन् । उनले नेपालमा तेक्वान्दो खेल भित्र्याएका हुन् ।
र्यालीमा जिल्लाका ६ वटा डोजाङका करिब ५ सय खेलाडी सहभागी थिए ।

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
