मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि ओसियनिकलाई
मेचीनगर । मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि ओसियनिक इङ्लिस सेकण्डरी स्कुल मेचिनगर–२ बौद्धमोडले जितेको छ । आज भएको फाइनल खेलमा अरुनोदय माध्यमिक विद्यालय मेचीनगर–६ काँकरभिट्टालाई १ गोलले पराजित गर्दै ओसियनिक इङ्लिस सेकण्डरी स्कुलले उपाधि जितेको हो ।

खेलको सेकण्ड हापमा ओसियनिकका जर्सी न ७ का खेलाडी उज्वल खड्काले १ गोल गरेका थिए । खेलको म्यान अप द टुर्णामेन्ट अरुनिदयका क्याप्टेन सन्देश ओलि र वेस्ट गोल किपर ओसियानिकका किपर संजोग खड्का प्राप्त गरेका थिए । थेसिस इङ्ग्लिस बोर्डिङ स्कुल अन्तर्गत रहेको थेसिस स्टुडेण्ड स्पोर्टस युथ क्लबको आयोजनामा मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।

समापन कार्यक्रममा प्रमुख अतिथी दिपज्योती टोल बिकास अध्यक्ष एव भुत पुर्व राष्ट्र खेलाडी धन वहादुर राई रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिले बिद्यालयलेले बिद्यालय लेवलबाट खेलाडिहरु उत्पादन गर्न स्कुलले खेलेको भुमिकाको प्रसंसा गर्दै खेलाडीहरुलाइ शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्र खेलाडी विशाल राई, एन–प्याब्सन मेचीनगर अध्यक्ष श्री भगिरथ राई, प्याब्सन मेचीनगर उपाध्यक्ष बिक्रम क्षेत्री, पुर्व शिक्षक तिलक कार्की, अरुनोदय माबिका सस्थापक प्रीन्सिपल दुर्गा लुइटेल, स्थानिय खेल प्रेमी बुद्दिमान शंकर, ओसियनिकका सहायक व्यवस्थापक निर्देशक श्री पदम रुचाल थेसिस माबिकि सस्थापक अध्यक्ष विनिता बराइली, शिक्षक दिवस लोहारलगायतको उपस्थिती थियो ।

खेलमा प्याब्सन मेचीनगरका उपाध्यक्ष तथा कन्भेन्ट इङ्लिस सेकण्डरी स्कुलका सस्थापक प्रीन्सिपल बिक्रम क्षेत्रीले राम्रो गोल गर्ने एक खेलाडिलाइ रु ५ सय ले प्रसम्सा गर्नुको साथै रनर अप को ट्रफी स्पोन्सर गरेका थिए । कार्यक्रम करिब रु ४० हजार को लागतमा सम्पन्न भएको थियो ।

आयोजक बिद्यालय थेसिस इङ्लिस सेकण्डरी स्कुलका सस्थापक प्रीन्सिपल डम्बर रुचालको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको सञ्चालन थेसिस का पुर्व विद्यार्थी अभिजित कालिकोटे र क्लबका अध्यक्ष एक्सिस रुचालले गरेका थिए । थेसिस इङ्लिस सेकण्डरी स्कुल को थेसिस स्टुडेन्ट स्पोर्ट्स युथ क्लबद्वारा आयोजित तीन दिवसिय मेचीनगर स्तरीय अन्तर बिद्यालय फुटबल टुर्नामेन्टमा मेचिनगर भित्रका ११ वटा बिद्यालयको सहभागिता थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
