एमाले मेचीनगरको अध्यक्षमा पोखरेल

मेचीनगर । नेकपा एमाले मेचीनगरको अध्यक्षमा राजु पोखरेल र उपाध्यक्षमा दिनेश राजबंशी सर्वसम्मत चयन भएका छन् ।
एमाले मेचीनगर पदाधिकारी चयन कार्यदलका संयोजक हरिचरण बानियाँका अनुसार अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन भएको छ ।
बाँकी पदहरुमा पनि सर्बसम्मतको प्रयास भईृरहेको उनले बताए । मंगलबार एमाले पार्टी कार्यालय काँकरभिट्टामा नगर कमिटिको नाम सार्वजनिक तथा सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न हुने संयोजक बानियाँले बताए । अध्यक्ष पोखरेल मेचीनगर–६ निवासी हुन भने उपाध्यक्ष राजबंशी ईटाभट्टा निवासी हुन ।
पार्टीका एक नेताका अनुसार सचिवमा मेचीनगर–९ का कञ्चन तामाङ, उपसचिवमा मेचीनगर–१२ का जगनाथ भट्टराई र मेचीनगर–२ का डेनु मगरलाई चयन गर्ने नेतृत्वबीच सहमति भएको बुझिएको छ ।
एमाले मेचीनगरमा ५ पदाधिकारी र ७० जना सदस्यसहित ७५ जनाको नगर कमिटी गठन हुनेछ ।

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...